जुम्लामै पहिलो गार्मेन्ट उद्योग संचालन, १० जना महिलालाई रोजगारी

मासिक ५५ हजारसम्म कमाउदैँ, आर्थिक रुपमा सक्षम बन्दै महिला

जुम्ला । जुम्लामै पहिलो उद्योगमा संचालित ‘हिमालय गार्मेन्ट’ उद्योगले महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाएको छ । जुम्लामै विभिन्न कपडाको डिजाईन, सिलाई कटाई तथा विक्री गर्ने लक्ष्यले विगत तीन वर्षदेखी संचालनमा रहेको हिमालय गार्मेन्टले महिला आर्थिकमा रुपमा सक्षम बनेका हुन् ।

चन्दननाथ नगरपालिका वडा नं. ५ निवासी अम्बिका श्रेष्ठले संचालन गरेको हिमालय गार्मेन्ट उद्योगले नियमित १० जना महिलालाई रोजगारी दिएको छ । महिला आर्थिक रुपमा सक्षम हुन सक्दैनन्, उद्योग व्यवसाय संचालन गर्न सक्दैनन् भन्ने समाजको संकिर्ण सोच चिर्दै अम्बिकाले एउटा मेसिनबाट सुरु गरेको टेलरिङ व्यवसाय अहिले गार्मेन्ट उद्योगमा परिणत भएको छ ।

जसले महिलालाई रोजगारी सृजना, आर्थिक विकास तथा सिपमा दक्षता तथा ग्राहको माग चाहना अनुरुप कपडा डिजाइन र विक्री गर्दै आएको छ । उद्योगमा काम गर्ने महिलाले मासिक अधिकतम ५५ हजार र न्यूनतम ३० हजार सम्म आम्दानी गर्दै आएका छन् ।

‘अम्बिका गार्मेन्ट उद्योग संचालक संगै साविक कर्णालीकी एक मात्र महिला प्रशिक्षक हुन् । जसले १० देखी १५ हजार महिलालाई सिप सिकाई सकेकी छन् । संघियतापछि सिप विकास तालिम केन्द्र नरहेपछि गार्मेन्ट उद्योगमा होमिएकी हुन् । आफैले तालिम दिएकी महिलालाई राेजगार दिन पाउन उनी खुसी छन् । महिलाहरुले मनग्य आम्दानी पनि गरिरहेकी छन् ।’

मैले आफै सिप सिकाएकी महिलाहरु अहिले कामदार छन् । उनले भनिन,‘प्रति पिसका हिसाबले पारिश्रमिक लिन्छन् । विभिन्न टाईमको आफ्नै रेट तोकिएको छ । बढी आम्दानी हुने भएकाले अधिकांश महिला ओभर टाईम काम गर्नछन् । जसले मासिक ५५ हजार सम्म कमाउँछन् । उद्योग संचालन भएयता निन्तर रुपमा काम गरिरहेका महिलाले आर्थिक रुपमा निकै सक्षम भई कसेका छन् ।’

जुम्लाका अधिकांश विद्यालयका पोशाक हिमालय गार्मेन्टमै निर्माण हुने गरेका छन् । विगतमा सुर्खेत नेपालगन्ज,बुटवलबाट कपडा मगाउने विद्यालयहरु अहिले जिल्लामै पाउन थालेपछि निकै राहत महसुश भएको चन्दननाथ नमुना माविका प्रधानाध्यापक टंक महतले बताए ।

उनले भने,‘विगतमा विद्यालयको पोशाक,ट्रयाक सुट किन्दा बाहिरबाट ल्याउनु पथ्र्यो । ढुवानीमै धेरै खर्च हुन्थ्यो । साईज नमिलेर तनाव हुन्थ्यो । तर जुम्लामै गार्मेन्ट उद्योग हुँदा खर्च मात्र बचेको छैन् । गुणस्तरीय कपडा भनेकै बेला पाएका छौ ।’

कपडा निर्माण संगै ग्रामिण महिलालाई सिप सिकाएर उद्यमी बनाउने र रोजगार दिने जस्तो उदाहरणीय काम गार्मेन्टले गरेको उनको भनाई छ । हजारौ महिलालाई तालिम दिएकी अम्बिका थप्छीन,‘हजारौ महिलालाई तालिम दिए । तर धेरै महिलाले सिपको प्रयोग गरेका छैनन् । तर आफैले तालिम दिएका जुम्लाका दिदि बहिनी त्यही सिपबाट आर्थिक रुपमा समृद्ध बनेपछि खुसी लागेको छ ।’

‘गार्मेन्ट उद्योग सबै आमाको सोच र कल्पना हो । उहाँले महिलालाई आर्थिक र सिपमा सक्षम बनाउने हुटहुटी बोक्नु भएको छ । म सहायक पात्र हुँ । सहजीकरण गर्ने, आर्थिक कारोबारको पाटो मात्रै हेरिदिन्छु । आमाकै सिप र योजना तथा उद्यमी महिलाहरुको जोसले उद्योग राम्रो चल्दै छ ।’

वार्षिक ५० लाखसम्म कारोबार
झण्डै २ लाख लगानीबाट जुम्लामै पहिलो संचालन गरिएको हिमालय गार्मेन्ट उद्योगले वर्षमा ५० लाख भन्दा बढीको कारोबार गर्दै आएको छ । तीन वर्ष पहिला २ लाख लगानीबाट गार्मेन्ट उद्योग खोलिएको थियो ।

बाहिरी बजारमा महंगो खर्च गरेर विद्यालय पोशाक ल्याउन बाध्य विद्यालयहरुले गार्मेन्टबाटै कपडा लिन थालेपछि उद्योगको वार्षिक कारोबार ५० लाख सम्म पुग्ने गरेको अम्बिका छोरा सरोज श्रेष्ठले बताए ।

उनी प्लस टु पढ्दै गर्दा बुटवलको नसिप गार्मेन्टमा काम गर्थे । सम्पर्कमा आएकालाई बुटवलबाटै कपडा पठाउन्थे । आमाले सिप पनि सिकेको र जुम्लामा सम्भावना देखेपछि गार्मेन्ट उद्योग खोलेको सरोजले जानकारी दिए ।

उनले भने,‘गार्मेन्ट उद्योग सबै आमाको सोच र कल्पना हो । उहाँले महिलालाई आर्थिक र सिपमा सक्षम बनाउने हुटहुटी बोक्नु भएको छ । म सहायक पात्र हुँ । सहजीकरण गर्ने, आर्थिक कारोबारको पाटो मात्रै हेरिदिन्छु । आमाकै सिप र योजना तथा उद्यमी महिलाहरुको जोसले उद्योग राम्रो चल्दै छ ।’

जुम्ला जस्तो ठाउँमा १० जनालाई नियमित रोजगारी दिने कुरा सामान्य होईन् । स्थानीय सरकारले रोजगारी नदिएको भन्दै पलायन हुने यूवा बढी रहेका छन् । अर्कोतर्फ महिलाहरु आर्थिक रुपमा परनिर्भर छ । यस्तो अबस्थामा १० जना महिलाले नियमित रोजगारी पाउनु सुखद पक्ष रहेको उनको भनाई छ ।

हाल हिमालय गार्मेन्ट उद्योगले जुम्लाका ८३ वटा विद्यालयसंग सहकार्य गरेर काम गरिरहेको छ । एउटा विद्यालयले न्यूनतम् ५ लाखको अर्डर गर्ने गरेका छन् । विद्यालय शिक्षक, विद्यालय, सदनअनुसारका पोशाक, ट्रयाक सुट, भेष्ट, लगायत अर्डर अनुसारका सबै कपडा डिजाईन हुने गरेको छ ।

जिल्लाका आठ पालिकामध्य सबैभन्दा बढी पातारासी गाउँपालिकाले व्यापार दिने गरेको उद्योग संचालक सरोज श्रेष्ठले जानकारी दिए । उद्योगको बजारलाई आठै पालिकामा विस्तार गर्ने गरी योजना बनाइएको छ । यदपी अहिले ८३ विद्यालयको नियमित काम गरिरहेपनि जिल्लाभरीकै अर्डर अनुसार काम गर्न नसकिएको उनको भनाई छ ।

प्रकाशित मिति : २०८२ भाद्र ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस