जुम्ला । गिडिदह यूवा क्लबद्वारा जारी फुटबल प्रतियोगितामा शुक्रबार चार वटा खेल सम्पन्न भएका छन् । क्वाटर फाईनल अन्तर्गतका चार खेल शुक्रबार सम्पन्न भएका हन् ।
जुम्लामा जारी वडा दशै तथा दिपावलीको अवसरमा आयोजित खुल्ला पुरूष फुटबल प्रतियोगितामा क्वाटर फाइनलका ४ खेल सम्पन्न भएको आयोजकले जनाएको छ ।
शुक्रबार तातोपानी -४ स्थित फुटबल मैदान हाँकु चौरमा ४ खेल सम्पन्न भएका हुन् । शुक्रबार सम्पन्न चौथोखेलमा साथी एफसीलाई २-१ गोल अन्तरले हराउँदै तातोपानी-६ सेमिफाइनल प्रवेश गरेको छ ।
तातोपानी-६ लाई जिताउन धनराज खड्का र कृष्ण कठायतले गोल गरे । साथी एफसीका कप्तान नवीन बुढ्थापाले एक गोल गरेका थिए ।
तेस्रो खेल ब्ल्याक डायमण्ड एफसी र जनसेवा युवा क्लबबीच भएको थियो। निर्धारित समयमा गोल नभएपछि पेनाल्टीमार्फत नतिजा निस्किएको थियो ।
पेनाल्टीमा ४-३ गोल अन्तरले जनसेवालाई हराउँदै ब्ल्याक डायमण्ड विजयी भयो। दोस्रो खेलमा सप्तशिला युवा क्लब र जुम्ला एफसीले प्रतिष्पर्धा गरेका थिए । निर्धारित समयमा १-१ गोल बराबरी भएपछि पेनाल्टीमा जुम्ला एफसी विजयी भयो।
शुक्रबार सम्पन्न क्वाटर फाइनलको पहिलो खेल हाँकु एफसी विजयी भएको छ । उसले पेनाल्टीमा देपालगाउ एफसीलाई हरायो ।
शुक्रबारको खेल जितेका चार टिम सेमिफाइनल प्रवेश गरेका छन् । शनिबार क्वाटर फाइनलका चार खेल हुने आयोजकले जनाएको छ ।गिडि दह युवा क्लब तातोपानी -४ को आयोजमा सुरू भएको खुल्ला पुरूष फुटबल प्रतियोगितामा प्रतियोगितामा ३३ टिमको सहभागी रहेको छ । गिडि दह युवा क्लबका अध्यक्ष गणेश जैसीका अनुसार प्रतियोगिता असोज २९ गतेसम्म सञ्चालन हुनेछ ।



