चिन्ताजनक बन्दै राउटे जीवन शैली

नेपालको लोपोन्मुख राउटे समुदाय अहिले सुर्खेत स्थित लेकबेसी नगर पालिकाको जङ्गलमा पाल टागेर बसेका छन् । कर्णाली प्रदेशका बिभिन्न जिल्लाका जङ्गलमा अस्थायी बसोवास गर्दै आएका सुवंशी, कल्याल र रास्कोटी थरिका जातिगत बनावट रहेका र हाल ४२ घरधुरी रहेको यो घटबढ भैरहने राउटे समुदायका अगुवा तथा उनिहरुको रेखदेखमा खटिएका सोसेक नेपालका कर्मचारी बताउ छन् । हाल १३६ जना मध्ये ४ जना नवजात शिशु रहेका छन् ।
आफुलाई जङ्गलको राजा र उपभोग कर्ताका रुपमा चिनाउने र अरुलाई दुनिया भनेर चिन्ने यस समुदायका मानिसहरु काठबाट निर्मित बिभिन्न सामाग्री बेचेर पनि पेट पाल्ने समुदाय हो । बिभिन्न जङ्गली जनावरको सिकार गरि मासु खाने भएपनि हाल अत्यधिक रुपमा कुखुरा तथा खसिको मासु किनेर खाने गरेको पाईएको छ ।
बर्तमान समयमा नेपालको शहरी तथा ग्रामिण बिभिन्न समुदायमा माधक पदार्थको सेवन बढ्दै गएसंगै मानव स्वास्य समस्याको कारक बनेको बताईन्छ । राउटे समुदायमा झनै स–साना बालबालिका, सुत्केरी महिला, युवायुवती, बयस्क र बृधबृधा कोही बाँकी नभई एकनासले आफुबाट उत्पादित तथा बजारिया माधक पदार्थ सेवन गर्ने गर्नाले जोखिम पूर्ण जीवनशैली बन्दै गएको छ ।


बिगत ३ बर्षमा मात्रै कलिला युवाहरु लगायत धेरै जनाको मृत्यु भएको छ भने जन्मेका बालबालिकाहरु १÷२ बाहेक सबै मर्ने गरेका छन् । बिहान देखि साँझसम्म लगातार माधक पदार्थ पिउने र अस्त व्यस्त जीवन शैली बन्दै गएको र राउटे समुदायका मानिसहरु असुरक्षित समेत बन्दै गएका छन् ।
राउटे समुदायका संरक्षण समिति बर्णाली प्रदेशका सल्हाकार नगेन्द्र उपाध्याय पनि अन्य जीवन शैली धेरै परिवर्तन भएपनि असुरक्षित र जोखिम बन्दैछ । राउटे समुदाय भन्नु हुन्छ । यसका लागि आफू लागिरहेको बताउनु हुन्छ ।
यस समुदायमा जन्मदर न्युन हुनुमा पनि माधक पदार्थ सेवन र अस्वस्थ जीवन शैली प्रमुख कारण बन्दैछ सोसेक नेपाल द्वारा खटिएकी स्वास्थ्य कर्मी अनुजा बताउनु हुन्छ तर अरु ब्यवहार हरु पहिला भन्दा धेरै परिवर्तित छन् । परामर्श गरिएता पनि प्राप्त नगद भत्ता रकम सबै जाँड रक्सिमै सकाउने गरेका छन् । एक जना ७२ वर्षीय बृध धन बहादुर शाही भन्न हुन्छ सबै जाड रक्सि खान्छन् चिन्ता लाग्याछ अस्ती भरखर भान्जा नै मर्यो पहिला यसो खादैन छिया आफैले बनायाको मात्रै अलि अलि खान्छियौ अहिले किनेरै खान लाग्या काम पनि गर्दैनन् ।
औषधी उपचार गर्न नमान्ने यो समुदाय जवरजस्ति सामान्य औषधी खाने र मलम पट्टि लगाउने बाहेक अन्य सेवा लिन र अस्पताल जान स्वीकार गर्दैनन् । हालसम्म १ जनाको मात्रै रक्त समुह पहिचान भएको छ । उच्च रक्तचाप, पेट तथा मुटुको समस्या, दम, निमोनिया, पखाला र कुपोषणले उपचारको दायरामै नआई मृत्यु हुने गरेको पाईएको छ । जन्मेका मध्ये धेरै मरेरै पनि जनसंख्या ह्रास हुँदैछ । राउटे समुदायमा निशुल्क स्वास्थ्य सेवा परामर्श तथा सरसफाई सामाग्री बितरण गरिएको जनस्वास्थ्ष निरिक्षक बलि बहादुर बुढा बताए ।

प्रकाशित मिति : २०८२ असोज २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस