
जुम्ला – तातोपानी गाउँपालिका – ४ हाँकु टापुमा अवैद्य गिट्टी बालुवा संकलन हुने गरेको छ । हाँकु टापुस्थित रंगशालाको घेरबार तोडफोड गरेर स्थानीयले अवैद्य गिट्टी बालुवा संकलन गरी राख्ने गरेका छन् ।
रंगशालाको घेरबार गर्नुअघि हाँकु गाउँका बासिन्दाले छलफल गरेर घेरबार करिब ५ मिटर छोड्ने र रंगाशालाको चौकीधार पनि हाँकु गाउँकै राख्ने निर्णय भएको थियो । तर घेरबार तोडर स्थानीय ६ जना व्याक्तिले गिट्टी बालुवा रंगाशाला भित्र राखेका छन् ।
वडाध्यक्ष अमर रोकायाका अनुसार रंगशालाभित्र किन राखिएको विषयमा वडा कार्यालय र गाउँपालिकाले पटक पटक सार्वजनिक सुचना गरेपनि गिट्टी बालुवा उठाइएको छैन । ऐन कानुन र कार्यविधि नबेकोले अहिले वडा र पालिकाले राजश्व उठाउन मिल्दैन । अहिले कार्यविधि निर्माण प्रक्रियामा रहेको छ । यस्तो अवस्थामा प्रहरी प्रशासनले निगरानी गर्नुपर्ने हो । तर भएको छैन ।
ऐन कानुन कार्यविधि निर्माण गरेपछि राजपत्रमा प्रकाशित हुन्छ । त्यसपछि गिट्टी बालुवा संकलन गर्न टेन्डर खोलेर बढि बढाउमा ठेक्का लाग्छ । वडा र पालिकाले गिट्टी बालुवाको राजश्व संकलन गर्ने प्रावधान गरेको वडाध्यक्ष रोकायाले बताए ।