
जेन जी आन्दोलनले चुनौती थप्दै :-
जेन जी आन्दोलनले युवाहरुको जोश, जागर र हिम्कमत तथा नेतृत्व विकासको वहस शुरु गरेको छ । यसले अन्यायको विरुद्ध लड्ने क्षमताको विकास पनि गरेको छ । यो आन्दोलनले नेतृत्वविहिन हुँदा छदमभेषी तथा दाँउपेजियाँ (ऐजेन्ट प्रोभोकेटर) हरुले फाईदा उठा्उन्छन् भन्ने शिक्षा पनि सिकाएको छ । यसको नाममा अहिले ऐजेन्ट प्रोभोकेटर पैदा भएको व्यापक चर्चा सामाजिक संजाल र संचार माध्यममा भई रहेको छ । जेन जी युवाहरुले असल नियतले गरेको आन्दोलन भए पनि यसमा विभिन्न प्रकारका स्वार्थ समुहहरुले खेल्न खोज्दा यो पनि आत्मा समिक्षाको घडीमा पुगेको छ । अहिले सक्कली र नक्कली जेन जी को हुन नेपाली जनताले पहिचान गर्न दोधारो बनाएको छ । यो आन्दोलन पश्चात जेन जीहरुको झण्डै दर्जन समुहहरु देखा परेका छन् ।
उनीहरु शुरुमा आन्दोलनका ऐजेण्ड एउटै भए पनि अहिले फरक फरक ऐजेण्डा बोकेर आएका छन् । लाग्छ उनीहरुका ऐजेण्डा शूरुमा भ्रष्टाचार, वेथिति, गैर कानुनी गैर लोकतात्रिक कार्य विरुद्ध र स्वतन्त्रतामा सरकारले बन्देज लगाएको विरुद्ध आन्दोलन थियो ।अहिले उनीहरुलका ऐजेण्डाहरुले राजनैतिक चरित्रका छन् । जस्तै अन्तरिम संविधानको घोषणा, संविधान लेखन, संसद सहित प्रदेश खारेज, प्रत्यक्ष कार्यकारीको निर्वाचन, संबैद्यानिक राजतन्त्रको पुनः स्थापना आदि आदि । जसले गर्दा यो सरकार र दलहरु माथि दिन प्रतिदिन चुनौती थपिदै छन् । पुर्व प्रद्यान न्यायधिश सुशिला कार्कीका नेतृत्वमा बनेको सरकारले जेन जीले उठाएका मागहरुमा एकरुपता ल्याउन नसक्दा पुनः जेन जीहरु आ आफनै तरिकाले आन्दोलित हुने संकेतहरु बढी रहेका छन् ।अब मुलुकलाई यथास्थितिमा चलाउन सकिदैन ।
लोकतन्त्रका १७ र संविधान जारी भएको १० बर्षको समिक्षा विहगंम रुपमा गरेर वर्तमान विषम परिस्थिति र संकटको निकासका लागि सबै पक्ष गम्भिर हुनै पर्छ । एकले अर्कोलाई होच्याउने,गाली गोलज गर्ने,आरोप प्रति आरोप लगाएर दुधको साक्षी विरालो हुने छुट अब कसैलाई छैन । जिम्मेवारी अनुसार सबैबाट साना ठुला कमि कमजोरीहरु भएका छने । आत्म समिक्षा र आत्मग्वालानि साथ सच्ची नै पर्छ । मेरो गगेकरका बाह्ै टक्का कसलै नगर्दा हुनछ । चिन्नेले चिनी सके,बुझनेले बझि सके,थाहा पाउनेले थाहा पाई सके,अझ त ेठिक,म ठिक भनेर पत्याउने र विश्वास गर्ने अवस्था छैन । के कति विकल्पका आधारमा मुलुकलाई निकास दिने त्यस तर्फ अनिवार्य सोच्नै पर्छ । त्यसका लागि राष्टपति,दल ,सरकारको पहलमा पहिचान सहितको जेन जीहरु वीच सर्वपीक्षयि भेला वा सम्मेलन गरि साझा दस्तावेज तयारी पारेर सविधान सशोधन,परिमार्जन,पुनः लेखन र अन्तरिम संविधान घोषणा मध्य कुन विकल्प उक्तम हून्छ । त्यसको तयारीमा लाग्दा लोकतान्त्रिक हुन्छ । अन्यथा यो विषम परिस्थितिमा जुंगाको लडाई गर्ने समय होईन ।
सिद्धान्ततः आन्दोलन ठिकः
सिद्धान्ततः आजको डिजिटल युगमा प्रशिक्षित युवापुस्ताहरु मनोरञ्जन,विलासता र सुख, सुविधा भोगी मात्रै हुदैनन ,उनीहरुमा देश,समाज र युगको नेतृत्व गर्न सक्षम हुन्छ्र भन्ने उदाहरण हालै नेपालमा २०८२ साल भाद्र २३ र २४ गते भएको आन्दोलनले प्रमाणित गरेको छ । त्यति मात्र हाईन,शासक वर्गले समय मै बुद्धि नपुयाएका मुलुकले अकल्पिनीय क्षेती बेहोर्नु पर्ने रहेछ भन्ने सवक पनि शिकाएको छ । सरकारले प्रतिबन्ध लगाउन खोजेको सामाजिक संञ्जालको फुकुवा र मुलुकमा शासक वर्गद्धारा गरिएको वेथिती र भ्रष्ट नितिको अन्त्य गर्न उठेको आन्दोलनले सरकार र सत्ततालाई ठुलै चुनौती मात्र दिएन ,उनीहरुको तागतले सरकार परिवर्तन समेत गरायो । अति गरे पति जान्छ भने जस्तै केपि ओली सरकारले विना विकल्प २१ औ शततब्दी प्रविधिको उपयोग र विकासमा प्रतिबन्ध लगाउदाको उपज थियो,सरकार परिवर्तन ।
२१ औं शताब्दीमा सामाजिक संञ्जाल (डिजिटल प्रविधि) बाट शिक्षा दिक्षा लिई रहेको जेन जीहरुको स्वतन्त्रता र व्यावसाय माथि ठुलै हस्तक्षेप सामाजिक संञ्जाल बन्दले गर्यो ।आफुहरुले युग अनुसारको स्वतन्त्रता, हक अधिकार र सेवा सुविधा गर्ने नपाए पछि युवाहरुले त्यसको फुकुवा वा विकल्पमा सरकार नै परिवर्तन गरे । आजको प्रविधिको युगमा बाच्ने र बचाउने विकल्पहरु निर्मित भई सकेको अवस्थामा बन्देज अवैज्ञानिक र अव्यवहारिक नै थियो सामाजिक संञ्जाल बन्दको घोषणा । युगको माग र परिस्थितिलाई बुझेर राष्ट, समाजलाई नयाँ तरिकाले व्यवस्थापन गरि संञ्चालन गर्नु पर्छ । उपयोगमा आएको प्रविधिलाई रोक्नु खोज्नु विश्व कै प्रविधिलाई चुनौती दिनु हो । आजको विश्वमा यो ल्पेट फर्म साझा संञ्चार माध्यम(सुचना आदान प्रदान) बनेको अवस्था हो । विना विकल्प बन्द गर्नु दुस्साहस पनि । यो आजको युगमा सुचनाको हक,अभिव्यक्ति स्वतन्त्रता र लेखिय स्वतन्त्रताको रुपमा उपयोग भएको छ । नेपाल र नेपालीको आफनो उत्पादन र अधिनमा नरेको यो संञ्जाल बन्दको सरकारी घोषणाले नेपाल मात्र होईन, पश्चिमाहरुलाई चिढाएको पक्कै हो ।
विदेशीहरुको दाउपेजमा नेपाल :-
ओली सरकारले २६ वटा सामाजिक सञ्जाल बन्द गर्नूले विश्व सामा्रज्यवादी शक्ति र व्यवसायीहरुसँग निहुँ खोज्नु जस्तै थियो ।ती शक्ति राष्टहरु अमेरिका,भारत र चीन एकआपसमा धुव्रिकृत अवस्था छन् ।उनीहरु एक अर्कामा माथि शक्ति आर्जनको प्रतिस्पर्धामा छन् ।एकले अर्कालाई कसरी कमजोरपार्ने वा आफनो समर्थक बनाउने भन्ने प्रतिस्पिर्धा छ । नेपालले सामाजिक संजाल बन्द गरेर उनीहरुलाई नेपाल माथि खेल्न सजिलो बनाएको पक्कै हो । विश्व अहिले वहुधुव्रमा परिणत भई रहेको छ । उत्तरको चीन र रुस महाशक्तिका रुपमा आफुलाई विश्वमा उभ्याउन खोजेका छन् । भारत पनि त्यस्तै तयारीमा छ । भारतले आयत गर्ने सामानमा अमेरिकाले ५० प्रतिशत भन्सार लगाउदा उ चीन र रुससंग नजिक हुन थाल्यो । भारतले आफनो व्यापार व्यवसायका लागि चीनसँग मिल्न खोज्नुले जसका ठुलो टाउको दुखाई पश्चिमा राष्ट अमेरिका र साम्राज्यवादी राष्टलाई भएको छ ।अहिले अमेरिकाको सम्बन्ध भारत,चीन र रुससँग त्यति राम्रो छैन । हालै बोलिभियाका राष्टपति निकोलस मादुराले एक भाषणमा शक्तिशाली राजनीतिक सन्देश दिदै भनेका छन् ः चीन र रुस महाशक्तिको रुपमा उदाईरहेका छन्…. उपनिवेशवाद ,साम्राज्यवादलाई चिर्दै श्रेष्ठता हासिल गर्दैछन् ।
यो केवल एक वाक्यास मात्रै होईनः यो पच्मिालाईरण्नितिक परिस्थिति हो । जसले शक्ति सन्तुलनमा परिवर्तन र प्रभुत्वको विरोध गर्ने र साम्राज्यवादी श्रेष्ठताको कथालाई कमजोर पारेर नयाँ विश्वव्यापी धुब्रकोे उदयलाई प्रकट गर्दै छ । उनले भनेका छन् स्वतन्त्रताहरुको गढ र क्रान्तिकारीहरुको भुमि,ल्याटिन अमेरिकाले ग्वेभारा,फिडेल क्यास्टो,चाभेज,सिमोन,बोलभर, बर्नार्डो ओहिगिन्स,म्याराडोना र मुक्तिका अन्य प्रतिकहरुलाई जन्माएको छ । यो साम्राज्यवादको सामाना गनेृ गरिमाको प्रतिक र प्रतिरोध र स्वतन्त्रताको खोजि शिक्षाले संसारलाई प्रेरित गर्दै प्रकशास्तम्भ बनेको छ (आरटी रशियन अनलाईन )। यस भनाईले पश्चिमा राष्ट अमेरिकाहरु आत्तिएका छन् ।
अमेरिका र रुस पहिलेका शक्ति राष्ट भईनै हाले । चीन चाहन्छ नेपालमा अन रोड अन बेल्ट र विआरआई लागु गरेर नेपाल आफनो असल छिमेकी बनाउन र अमेरिका भारत चीनको गठबन्धन तोडेर आफु शक्तिशाली हुन चाहेको छ । नेपाललाई यी तीनै राष्टले उयोग गरेर आफना स्वार्थहरु पुरा गर्न चाहन्छन् । यस्तो जटिल भुराजनितिक अवस्थामा नेपालले कसैको पक्ष विपक्ष नलिई तथस्थ बस्नु पर्ने अवस्था हुन्छ । तर पनि सन्ुतलित परराष्ट निति नेपालले अपनाउनै पर्ने अवस्था छ । कतै सन्तुलन गुम्ने वित्तिकै नेपाल विदेशी शक्तिहरुको गुलाम बन्न जान्छ । पश्चिमा राष्टहरुले नेपाललाई स्वतन्त्र तिब्बत र चीन विरोधी गतिविधिको मैदानको रुपमा प्रयोग गर्ने आन्तरिक रणनितिमा छन् । अमेरिका र भारत यही गर्दै आएको छन। अहिले अमेरिका विश्वका शक्तिशाली राष्टबाट कमजोर हुदै छ । यसलाई एकातिर रुस,युक्रन र चीनले दवाव दिई रहेका छन भने अर्कोतिर यसलाई जापानको आर्थिक वोझ थपिएको छ ।
विश्व बहुधुव्रियत तिर जादैछ । जसले गर्दा अमरिका कसरी शक्तशाली भई रहने भन्ने चिन्तामा छ । त्यसैले यसले भारतद्धारा नेपाललाई उपयोग गरि रहेको छ । चीनलाई कमजोरा बनाउने रणनितिमा अमेरिका छ । अर्को तिर भारतलाई चीन विरोधी कसरी बनाउने भन्ने तयारीमा छ । यस्ता विविध स्वार्थका लागि विदेशीहरुले तयारी गरि रहेको अवस्थामा ओली सरकारले सामाजिक संञ्जाल बन्द गर्दा नेपाली युवाहरु भड्काउन उनीहरुलाई अनुकुल वातावरण २०८२ भाद्र २३ र २४ गतेको जेन जी आन्दालेन बन्न गयो । त्यति मात्र होईन चीन र भारत वीच २०८२ भान्द्र ३ मा दुई देश वीच लिपुलेख उपयोग गर्ने गरि व्यापारिक सम्झौता तत्काल प्रम ओली चीन भ्रमण त्यसको विरोध गर्नुले पनि भारत नेपालदेखि चिडिएको थियो । यी सवै विभिन्न कारणले गर्दा नेपालका २०८२ भान्द्र २३ र २४ को जेन जी आन्दोलनको आवरणमा देशी विदेशी शक्तिहरुले विध्वंश गरे । आन्दोलनमा घाईते भई अस्पतालमा उपचारर्थ अविषेक श्रेष्ठले २०८२ असोज २३ गते उनीहरुको जुम बैठकमा जेन जी आन्दोलनको आवरणमा अमेरिका र भारतको ईशारामा बालेन साह र सुदन गुरुगंलाई संञ्चालन गरि संसद भवन,सिंहदरवारदेखि एयरर्पोटसम्म जलाउने र त्यस पछि सुशिला कार्कीलाई प्रद्यान मन्त्रीलाई बनाउने योजना रहेको कुरा खुलासा गरेका छन् ।
जेन जी आन्दोलनका २ वटा माग सामाजिक संञ्जालको बन्द फुकुवा र भ्रष्टाचारीहरुलाई कारवाही न्यायपुर्ण थिए ।आन्दोलन वीचैमा अपहरण हुँदा ७६ जना युवाहरुले विरगती प्राप्त गरे । झण्डै ४ सय जना घाईत भए । १६ खर्बदेखि ३० खर्ब जति धन सम्पत्ती तहसनहस भयो । जेन जी आन्दोलनको आवरणमा देशी विदेशहरुको खेल मैदान बनाईको छ । मुलुकको अन्तरिम सरकार एनजिओ र आईएन जिओको सिफारिसमा बनेको आरोप छ । हामी नेपाल संस्था,बारबारा फाउण्डशन,नेपाल युथ काउन्सिल जस्ताहरुलाई अमेरिकन मुलको अन्तराष्टिय संस्थाहरुले करोडौ. करोड डलर ५. ६ बर्षबाट लगानी गरि विदेशीका दाउपेजमा परेको छ । नेपालको राजनितीक तथा इतिहासिक घटनाक्रममा र विभिन्न दल,विश्लेषकहरुको विश्लेषणलाई आधार मान्य हो भने नेपालको राजनीतिकमा उथलपुथल गर्ने काम विदेशी शक्तिहरुबाट भएका तथ्यहरु तल उल्लेख गरिएको छ ः
१. १९१० को मुलुकी ऐनः यो नेपालको पहिलो लिखित कानुन हो । जंग बहादुर राणाले वेलायत भ्रमण गरे पछि नेपाल आएर नेपोलियन कोडमा यो कानुन निर्माण गराए । यसमा युरापको ठुलो प्रभाववा छाप रहेको छ । यसको सस्यौदा लोकपति र लेसपति गरेका हुन । उनीहरुले मुनुस्मृतिको आधारमा गरका थिए । यी दुवै भारतीय ब्रामहमण थिए । राजा सुरेन्द्रले मस्यौदा गरे वापत लोखपति र लेसपति झालाई मोहत्तरी जिल्लामा ५ सय विघा जग्गा दिईएको ईतिहासमा उल्लेख छ ।
२.नेपाल सरकारको वैद्यानिक कानुन ः२००४ बन्ने दवाव भारतबाट ब्रिटिशहरु छाड्न थोले पछि नेपाललाई पनि त्यसको प्रभाव पर्दा पद्यमशम्शेर जवराले बाध्य भएर यो वैद्यानिक कानुन २००५ बैशाख १ गते घोषणा गरेका थिए ।
३. नेपालमा १०४ बर्षको जहाँनिया राणा शासन अन्त्य गर्न राजा त्रिभुवन भारतका दिल्ली स्थित भारतिय राजुतावासको शरणमा गएर भारतको दिल्लीमा २००७ सालमा सम्झौता भए पछि नेपालमा राणा शासनको अन्त्य भएको थियो । यसलाई दिल्ली सम्झौता भन्ने गरिन्छ ।
४. नेपाल अधिराज्यके संविधान,२०१५ निर्माण गर्दा राजा महेन्द्रले सल्लाह र सुझावका लागि वेलायतका संविधान विद सरआभर जेनिगंलाई बलाएर २०१५ साल फागुन १ गते घोषणा गरिएको थियो ।
५. नेपालमा २०४६ सालको आन्दोलन पुर्व आन्दोलनलाई समर्थन गर्न भारतिय नेता चन्द्रशेखेरेका नेतृत्वमा १२ जना नेपालमा आई ठमेल चाक्सीबारी स्थित नेपाली कांग्रेसका नेता गणेशमानसिंहका घरमा भएको कार्यक्रममा आई समर्थन गरेका थिए ।
६. २०६२. ०६३ को आन्दोलन भारतमा १२ बुँदे सहमति भए पछि अगाडि बढेको आरोप छ ।
७. २०८२ भान्द्र २३ र २४ गते भएको जेन जी आन्दोलनको कभरमा विदेशी शक्ति भारत र अमेरिका अर्थात पचिमाहरुको हात रहेका कुरा सार्वजनिक भई रहेको छ ।
जेन जी आन्दोलनमा विदेशीहरुको हात रहेको विश्लेषण :-
१. नेपालमा भान्द्र २३ र २४ गते भएको जेन जी आन्दोलनमा स्वदेशी विदेशी प्रतिकृयावादीहरुले आफनो स्वार्थका लागि विध्वंश गरेका छन् । जसले गर्दा नेपालको राष्टिय स्वाधिनता र आत्मनिर्णयको अधिकार माथि गम्भिर प्रशन र संकट उत्पन्न गरेको छ भन्ने दावी नेकपा माओवादी केन्द्र अशोज ९ र १० गते २० ८२ मा काडमाडौमा बसेको सतौं पुर्ण बैठकले गरेको छ ।
२. नेपाल मजुदुर किसान पार्टीले गत शुक्रवार भक्तपुर ख्वप कलेजमा गरिएको एक कार्यक्रममा जेन जी आन्दोलनमा (अमेरिकाको सिआईए),भारतको हात रहेको कुरा उक्त पार्टीका अध्यक्ष नारायणमान् विजुक्छेल लगाएका छ , अध्यक्ष विजुक्छले सिह दरबारमा आगजनि सेना गरेको ठोकुवा समेत गरे ।
३. त्यस्तै गरि विश्लेषक तथा पत्रकार प्रेम कैदीले पनि त्यस्तै अभिव्यक्ति दिएका छन ।
४. विदेशी विश्लेषक ब्रिआन बर्लेटिक यिनी अमेरिकी सेनाका पुर्व मरिन हुन । हाल उनी थाईल्याण्डमा बसेर युराप तथा एशियाको भुराजनितीक विषयमा खेख्ने गरेका छन् । सामाजिक संञ्जाल एक्समा उनले २०८२ असोज ३ गते सामाजिक संञ्लालमा पोष्ट गरेका आफनो लेखमा नेपालको जेनजी आन्दोलनमा अमेरिकाले नेपाल केन्द्रित गरेर विभिन्न संस्थाहरुलाई लगानी गरेका छ ।जसमा कम्युनिटि टु प्रोजेक्ट जर्नालिष्ट,नेपालपत्रकर महासंघ, फ्रिडम फारम नेपाल, काउन्टेबिलिटी ल्याब, चाइल्ड सुफ नेट, लिगल एण्ड कन्सलटेन्सी सेन्टर,हामी नेपाल नामक संस्था, डिस्कर्ड नामक सामाजिक संस्था, सिआईएबाट संञ्चालन हुने नेसनल इन्डोमेन्ट फर डेमोक्रेसी लगायत चीन विराधी शक्ति रहेकोले अमेरिकी कोषको लगनी रहेको र अमेरिकाले तयार गरेको बिच्याट एक ब्लुटुथ संञ्चार छ ।यसका काम नै सत्ता पल्टाउने काममा केन्द्रित हुन्छ ।
५. जेन जी आन्दोलनमा वैदेशिक शक्ति र र सिआईएका मानिसहरुका घुषपैठ र उष्कावट रहेका कुरा सामाजिक संञ्जालमा डा. विजय मिश्राले दावी गरेका छन् ।
६. जेन जी आन्दोलन उचाल्न काठमाडौ महानगरपालिका मेयर बालेन शाहको आन्तरिक सहयोग रहेको कुरा युगदर्शन नामक नेपाली पत्रिकाले भान्द्र २८ गते २०८२ शनिबार प्रकाशित समाचार असोज ४ गते २०८२ मा सामाजिक संञ्जालमा पोष्ट गरिएका छ । उक्त समाचार अमृत खरेलले लेखेका भनिएको छ ।जसको शिर्षक सिंहदरबार र सर्वोच्च अदालत जलाउन अमेरिकी दुतावासको विशेष तालिम र योजना रहेको छ । समाचारमा अमेरिकी दुतावासले काठमाडौंको सविधान निमार्णका समयमा काठमाडौंका अधिकांश कलेजहरुमा भातृसंगठनका रुपमा अमेरिकी युथ काउन्सिल नामक संस्थाबाट सदस्यता वितरण गरि ९० हजार ८ सय बढी सदस्यहरु बनाएको थियो । यो जेन जी आन्दोलनमा बालेन शाहको सल्लाहमा उनीहरुलाई आन्दोलनमा सकृय गराएको व्याख्या उक्त समाचारको आशय रहेको छ । बालेन शाह मेयर भए पछि उनले मर्यादाक्रम मिचेर अमेरिकी दुतावासका राजदुतसँग पटक पटक भेटघाट गर्दै आएको कुरा उक्त पत्रिकाले उल्लेख गरेको छ ।
७. यो आन्दोलनमा सिआईएद्धारा संचालित बारबारा फाउण्डशनबाट परिचालित सुदन गुरुगं र बालने शाह भएकको खुलासा राजनितिक विश्लेषक भरत दाहालको विश्लेषण रहेको छ । उनको भनाई अनुसार नेपालमा स्वतन्त्र तिब्बत अर्थात चीन विरोधी गतिविधि गर्न वातावरण तयारीका लागि भारतमा रहेका दलाई लामाले बालेनलाई जिम्मा दिएको समेत खुलासा भरत दाहालको छ । उनको दावी छ ।यस्तै स्थिति रहे नेपालमा अझै ठुलै उथुलपुथुल हुने दावी दाहालको छ ।
८. भारतीय नवभारत टाईम्सले नेपालको जुन जी आन्दोलन भड्काउन २०२० यता वाशिंटन स्थित कंसोर्टियम सीईपीपीएस, नेशनल डेमोके्रटिक इंस्टीच्युट(एनडीआई) इंन्टरनेशनल रिब्लिकन इंस्टीच्युट(आईआरआई),इंन्टरनेशनल फाउण्डेशन फर ईलेक्टोरल सिस्टम्स(आईएफईएस)मिडिया,नागरिक आन्दोलन र शासनको विपक्षमा ९०० मिलियन लगानी गदै आएको कुरा सेटेम्बर १६, २०२५ मा २ पेजमा प्रकाशित समाचारमा जनाएको छ । अर्को मोटिभेट न्युजले यसमा ३ करोड ५० लाख डलर लगानी गरेको बताएको छ ।
९.त्यस्तै गरेर जेन जी आन्दोलनमा आफना पार्टीका धरै कार्यकर्ता सहभागी रहेको उक्त पार्टीका प्रवक्ता मनिस झा.ले भन्नेकाछन ।
१०) पत्रकार दिवाकरले साजिक सञ्जालमा जेन जी आन्दोलन २०८२ भान्द्र २३ र २४ को प्रदर्शनमा टि कालो जाकेट पछाडी भागमा टि. ओ. बि. लेखिएको र मास्क लगाएका व्यक्तिहरु फ्रि टिब्बेटियनका कमाण्डो भए को बताएका छन । टि. ओ.बि. को अर्थ तिब्बेतियन आरिर्जनल बल्ड हुन्छ । यस आन्दोलनमा फ्रि टिब्बेतियन कार्यकर्तहरु परिचालन भएको बुझिन आउन्छ ।
११. न्युयोर्क टाइम्सले २०८२ भान्द्र २४ को सार्वजनिक सम्पत्ती आगजनी र तोड्फोड महिनौको योजनाबद्धको तयारीमा भएको विश्स्तरीय विज्ञहरुका हवला दिदै यसले भनेको छ यो हमला अस्वाभाविक भएका बताएको छ । समाचार श्रोतका अनुसार दिनको १.४५ मा प्रर्दशनमा संसद भवनमा प्रवेश ३ण् मिनेटमा आगो दनदन वेलेको,२.५० मा सर्वोच्च अदालत,३.०६ सिहदरवार तोडफोड र आगजनी २० मिनेट भित्र आगोको दनदनी । यो कार्य यति छोटो समयमा कसरी सम्भव भयो ?
प्रहरी बललाई माथिको आदेश नआएको आएको भए त्यसमा हस्तक्षेप र आगो निभाउन सकिन्थथ्यो ।तर आगो लाग्न र तोडफोड हुन दिईयो ।यो रहस्यमय छ । यो पत्रिकाले सरक्ष निकायसँग सोधेर समाचार तयार गरेको बताउन्छ । कार्यालयका माथिल्ला झयालहरु प्राय बन्द हुनु पर्नेमा,आगो लागेका वेला माथिल्ला तलासम्मका झयाल ढोका सबै खुला रहेका यो रहस्यमय भएको यो पत्रिकाले बताएको छ । यसमा सुरक्षा निकायको त हात छैन ? भवनहरुमा आगो लागेको तिव्रता र स्वस्प हेर्दा वैज्ञानिक परिक्षण(फोरेसन्सक इनभेसिटगेसन)मा सकाले चासो नदिनुले पनि यो रहस्यमय छ ।यो कार्य जति ढिला गर्यो,त्यति रिपार्ट राम्रो नआउने कुरा यो पत्रिकाले लेखेको छ । यो आग लागी घटनामा फरेन्सिक ल्याबका शाखा अधिकृतपवन ढुंगानाले यो पत्रिकासँग आगलागीमा रासायानिक पदार्थ प्रयोग भएको स्वीकार गरको पत्रिकाले बताएको छ । रसायनको पहिचान स्पष्ट नभए पनि सोडियम र म्याग्रेसियम जस्ता रासायानि तत्व प्रयोग भएको अनुमान छ भनेर पत्रिकाले लेखेको छ (न्ययोर्क टाइम्स हुदै अनलाईन सिलापत्र २०८२, असोज २८ ।
निकर्ष :-
माथि उल्लेखित तथ्य र विश्लेषणको निकर्ष के हून्छ भने नेपालमा हुने हरेक राजनैतिक गतिविधिमा विदेश शक्तिहरुको हस्तक्षेप रहेको बुझिन्छ । यसले नेपालको पोलटिक्सलाई उपयोग गरेर आफनो स्वार्थ पुरा गर्न चाहान्छन् । यस पटकको जेन जी आन्दोलनलाई विदेशीले सहजै उपयोग गरकोे बुझियो । डिप स्टेटका डाईनामिक परिवर्तनको बाहानामा नेपाल जेन जी आन्दोलन प्रयोग भएको रहस्य विस्तारै खुल्न थालेका छन । यहाँ वास्तविक जेन जी भन्दा आयतित जेन जीले यो मुमेन्ट उपयोग गरि रहेको छ । नेपालमा थप खतारा वा क्षतिबाट बच्न दल,नागरिक समाज,वौद्धिक क्षेत्र ,कानुन विद ,कानुनका व्याख्याकार ,सचेत नागरिक ,अभियान्ता र जेन जी समुहरु वीच सर्व पक्षिय भेला वा सम्मेलन आवश्यक छ ।सबैको मुलुकको हितार्थ साझा दस्तावेज तयार गरि निकास दिनु पर्छ । अन्यथा मुलुक पुनः संकटमा पर्ने ठुलो सम्भावनाका संकतहरु देखा परि रहेका छन् । नरहे बाँसुरी,नरहे स्वर नहोस । धन्यवाद । । ।
यो आलेख जेन जी आन्दोलन र त्यस पछि देखा परेका घटनाक्रम र दल,विश्लेषक र विभिन्न लेख रचनाको सारको आधारमा तयार गरिएको छ । यसलाइृ अनर्थ नलगाई दिन हुन साठक तथा शुभचिन्तकहरुलाई जानकारी गरार्इृछ ।