जुम्ला । चन्दननाथ नगरपालिका वडा नं ३ द्वारा आयोजित खुल्ला पुरुष फुटबल प्रतियोगितामा समुह चरणका खेल सम्पन्न भएका छन् । कार्तिक ३ गतेबाट नेपाली सेनाको खेल मैदान टुडिखेलमा सुरु भएको फुटबल प्रतियोगितामा जिल्लाभरका ४४ वटा टिम सहभागि थिए ।
खेल सुरु भएको नवौँ दिनमा समुह चरणका खेल सम्पन्न भएका हुन् । जस अन्तर्गत आईतबार ४ वटा खेल सम्पन्न भए । जसमा पहिलो र दोस्रो खेल समुह चरणका र तेस्रो र चौथो खेल प्रि-क्वाटर फाईनलका खेल सम्पन्न भएको प्रतियोगिता मुल आयोजक समितिका संयोजक राज बहादुर खत्रीले बताए ।
उनका अनुसार आईतबार सम्पन्न चार खेल मध्य पहिलो खेलमा १-२ गोलले जि वल्ड एफसीलाई हराउँदै जनसेवा यूवा क्लब विजयी भएको छ । जनसेवा यूवा क्लबका विशाल थापा म्यान अप द म्याच बने ।
दोस्रो खेलमा जनसेवा भर्सेस मुगुम एफसी बीच खेल भएको थियो | जसमा १-२ गोलले मुगुम एफसी विजयी भयो । भने मुगुम एफसीका सर्जन नेपाली म्यान अप द म्याच घोषित भएका छन् ।
त्यस्तै आईतबार दुई प्रि-क्वाटर फाईन खेल भए । जसमा परोपकार यूवा क्लब र जनप्रेमी यूवा क्लब बीच खेल भएकोमा ०-२ गोलले जनप्रेमी यूवा क्लबले जीत निकालेको हो । जनप्रेमी यूवा क्लब क्वाटर फाईनल पुग्ने पहिलो टोली बनेको छ ।
जनप्रेमीका प्रेवश भण्डारीलाई म्यान अफ द म्याचको पुरस्कार दिईएको आयोजकले जनाएको छ ।
भने आईतबारको अन्तिम खेल समाजका लागि यूवा क्लब र नौमुडे यूवा क्लब बीच भएको थियो । १-२ गोलले समाजका लागि यूवा क्लबलाई हराउँदै नौमुडे यूवा क्बल क्वाटर फाईनलमा प्रवेश गरेको छ ।
आयोजकका अनुसार सोमबार पनि प्रि-क्वाटर फाईनलका चार वटा खेल हुने छन् । जसमा पहिलो खेल विहान ८ बजे सुनार टोल भर्सेस मासी वईज बीच हुने छ । दोस्रो खेल विहान १० बजे मिलन यूवा क्लब र के.सी एफसी बीच खेल हुने छ ।
भने तेस्रो खेल दिउँसो १ बजे चन्दननाथ -३ र भुरिचुला बीच हुने छ । भने सोमबारको अन्तिम खेल दिउँसो ३ बजे फोईकालिका यूवा क्लब र फोईकालिका एफसी बीच खेल हुने छ ।
प्रतियोगिता सुरु भएदेखि हरेक दिनका चार वटै खेलमा दर्शकहरुको अत्यधिक भिड लाग्ने गरेको छ । असहज बसाई व्यवस्थापनका बीच पनि खेलप्रति नागरिकको आर्कषण बढेको छ ।



