दुई अर्ब लगानीमा कर्णाली सौर्य उर्जा आयोजना बन्दै

जुम्ला । कर्णाली प्रदेशका चार जिल्लामा बृहत्त सौर्य उर्जा आयोजना निर्माण सुरु भएको छ । कर्णालीका जुम्ला,मुगु,हुम्ला र डोल्पामा बृहत्त सौर्य उर्जा आयोजना निर्माण सुरु गरिएको हो । कर्णालीमा राष्ट्यि प्रशारण लाईन पुगेपनि बत्ती भरपर्दो नहुँदा नागरिकले सास्ती पाएका छन् ।

२०७८ सालमा राष्ट्यि प्रशारण लाईन जुम्ला पुगेको हो । ११ केभिएको प्रशारण लाईन जुम्लामा पुगेपनि सुर्खेत–दैलेख–कालिकोट हुदैँ जुम्ला दुरि लामो भएकाले बत्ती भरपर्दो छैन् । जसका कारण विधुतीय विकासले फड्को मार्न सकेको छैन् ।

विधुत अभावले साना उधोगी व्यवसायी, होटल व्यवसायी ईलोक्टोनिक व्यापारी मारमा छन् । जुम्लामा प्रशस्त कृषि वस्तु उत्पादन भएपनि बत्ती अभावले प्रशोधन समेत हुन सकेको छैन् । प्रशोधनकै अभावले कर्णालीको बहुमुल्य जडिबुटि कौडीको भाउमा विक्री गर्न कर्णाली बासी बाध्य छन् ।

हिउँद लागेपछि चिसोमा लोड नधान्ने, गर्मीले तराईमा बढि खपत हुने भएकाले पहाडमा मोबाईल सम्म चार्ज नहुने जस्ता बत्तीका समस्या कर्णालीमा रहेकाले ती समस्या समधानका अर्बौ लगानीमा सौर्य उर्जा आयोजना निर्माण थालिएको हो । एसियाली विकास बैंक (एडिबी) को झण्डै २ अर्ब अनुदान सहयोगमा जुम्ला, मुगु, हुम्ला र डोल्पामा झकर्णाली सौर्य उर्जा आयोजना’ निर्माण भईरहेको सोलार परियोजना म्यानेजर अविशेक अधिकारीले बताए ।

कर्णालीका चार जिल्ला मध्य जुम्लामा काम अघि बढीसकेको छ । उनले भने,‘जु्म्लामा काम अघि बढेपनि मुगु,हुम्ला र डोल्पामा काम सुरु हुन बाँकी छ । तिहार लगत्तै काम अघि बढ्छ । कर्णालीमा राष्ट्यि प्रशारण लाईनको बत्ती भरपर्दो नभएकै कारण एडीबिको करिब २ अर्ब अनुदान सहयोगमा सौर्य उर्जा आयोजना बनाउन सुरु गरिएको हो ।’

जुम्लाको कर्णाली प्राविधिक शिक्षालयमा सौर्य उर्जा आयोजना निर्माण भईरहेको छ । जुम्लामा ३.८ मेघावाटको व्याट्रि जडान गरिने र ९५० किलोवाटको सोलार जडान गरिने परियोजना म्यानेजर अधिकारीले जानकारी दिए । चारै जिल्लामा चिनियाँ निर्माण कम्पन्नीले नै काम गरिरहेको छ । आयोजनाको डिजाईन स्टमेट पनि सबै चिनियाँ निर्माण कम्पन्नीले गरेको छ । डोल्पामा राष्ट्यि प्रशारण लाईन विस्तार हुन बाँकी छ । विस्तार भएका जिल्लामा पनि बत्ती भरपर्दो छैन् । त्यसैले सौर्य उर्जा आयोजना निर्माणपछि चार जिल्लामा बत्तीको समस्या समधान हुने अपेक्षा गरिएको छ ।

विधुत प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख राम आशिष शाहले प्राधिकरणकै प्रत्यक्ष निगरानीमा सौर्य उर्जा जडानको काम अघि बढेको बताए । प्राधिकरणले आयोजनाको नियमित अनुगमन तथा निरिक्षण गर्दै आएको छ । उनले भने,‘निर्माण कम्पन्नीले सबै प्राविधिक जनशक्ति आफ्नै ल्याएर काम गरिरहेको छ । अन्य जिल्लामा काम अघि नबढेपनि जुम्लामा दुर्त गतिमा काम भईरहेको छ । यो आयोजना निर्माणले जुम्लाको विद्युतीकरणमा टेवा पुग्ने छ ।’

हाल जुम्लामा राष्ट्यि प्रशारण लाईनको बत्ती भन्दा चुकेनी जलविद्युतले निरन्तर सेवा दिईरहेको छ । सौर्य उर्जा आयोजनालाई समयमै सम्पन्न गराउन सबै सरोकारवालाले सहयोग तथा समन्वय गर्नु पर्न समेत आयोजनाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८२ कार्तिक १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस