जुम्ला । जुम्ला जिल्ला फुटबल संघ (एन्फा)को आयोजनामा सामुदायिक तथा नीजि विधालयहरुलाई फुटबल वितरण गरिएको छ । अखिल नेपाल फुटबल संघको सहयोग तथा जुम्ला जिल्ला फुटबल संघको आयोजनामा अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रिय अध्यक्ष पंकज विक्रम नेम्वाङ्ग मार्फत जुम्लाका २६ वटा सामुदायिक तथा नीजि विधालयलाई ६ सय २५ वटा फुटबल वितरण गरिएको हो ।
अध्यक्ष नेम्वाङ्गले फिफा फुटबल फर स्कुल (एफ.फोर.एस) लन्च कार्यक्रम अन्तर्गत जु्म्लामा पहिलो पटक शहर देखि गाउँका विधालयलाई बल वितरण गरिएको बताए ।
फुटबलका माध्यमबाट बालबालिकाको सर्वागिर्ण विकास, सामाजिक एकता र कुलतबाट बालबालिकालाई मुक्त गर्न बल वितरणको योजना अघि सारेका हौ | उनले भने,´७७ वटै जिल्लाका एक हजार ७५ वटा भन्दा बढी विधालयमा फुटबल वितरण गर्दै छौ । कर्णालीका १० जिल्लाका ६५ वटा विधालयमा बल वितरण गर्ने छौ । जसमध्य सबैभन्दा बढी जुम्लाका २६ विधालयमा ६२५ वटा बल वितरण गरिने छ ।’

शहरदेखि ग्रामिण भेग सम्म फुटबलको विकास गर्न र खेलका माध्यमबाट सामाजिक एकता, आर्थिक विकासमा टेवा पूराउन एन्फाले खेल गतिविधिमा जोड दिएको अध्यक्ष नेम्वाङ्गले बताए ।
विहिबार टुडिखेल मैदानमा एक भव्य समारोहको आयोजना गरी विधालयहरुलाई बल हस्तान्तरण गरिएको जुम्ला जिल्ला फुटबल संघ (एन्फा)का अध्यक्ष भरत बहादुर बुढ्थापाले बताए । उनका अनुसार जिल्लाका १८० बढी विधालय छन् ।
उनले भने,´तिला गाउँपालिका, तातोपानी गाउँपालिका, चन्दननाथ नगरपालिका, गुठिचौर गाउँपालिका र पातारासी गाउँपालिकाका २६ वटा मावि, निमावी र आधाभूत विधालयलाई ६२५ वटा बल वितरण गरिएको छ । मावि विधायलाई २५ वटा, निमावी विधालयलाई १० देखि १५ वटा र आधारभूत विधालयलाई ५देखि ७ वटा बल दिईएको छ ।`
प्रतिबल ५ हजार ५ सय सम्म मुल्य बराबरको बल नि:शुल्क वितरण गरिएको छ । एन्फाका अध्यक्ष बुढ्थापाका अनुसार केल्मी ब्राण्डका प्रति बल ५५ सयका दरले ३४ लाख ३७ हजार ५ सय बराबरका बल हस्तान्तरण गरिएको छ ।
जुम्लाको फुटबल एतिहासमा यति धेरै सख्यामा बल वितरण गरिएको पहिलो पटक हो । निकै लामो समयदेखि फुटबलको विकासमा जुटिरहेका एन्फाका अध्यक्ष बुढथापाको पहलमा बल वितरण भएको छ । जुम्लाका स्थानीयतह हरुले खेल क्षेत्रलाई उपेक्षा गरेको समेत गुनासो गरे । खेल क्षेत्रमा ठोस् बजेट विनियोजन संगै खेल पूर्वाधार निर्माण जोइ दिन समेत आग्रह गरे |

चन्दननाथ नगरपालिकाकी उपमेयर रामदेवी खड्काले नगरपालिकाले सघन सहरी विकास संग समन्वय गरी जुम्लामा रंगशाला निर्माण गरिरहेको बताईन्।अबको ५/६ महिनामा जु्म्लाको आफ्नै रंगशाला खेल आयोजना हुने छन् ।उनले भनिन,´जम्लामा फुटबलको विकासमा एन्फाका अध्यक्ष बुढ्थापाको योगदान अनुकरणीय छ । खेलको संस्थागत विकासका लागि सबै एकजुट हुनु पर्ने आबश्यक छ ।`
एन्फा जुम्लाका कोच महेश बुढ्थापाले फुटबल प्रतिको आर्कषण बढ्दो भएपनि खेल मैदान अभावले जुम्लाबाट अपेक्षाकृत राष्टि्य स्तरको खेलाडी जन्माउन नसकेको एन्फाका कोच महेश बुढ्थापाले बताए ।
खेल मैदान अभावले ९ ए साईट खेलाउनु पर्ने बाध्यता छ । तर नत खेलमैदान नत खेल सामाग्री विभिन्न समस्याका बीच पनि जुम्लाको खेल क्षेत्रको विकासमा एन्फाको भूमिका महत्वपूर्ण रहेको छ । फुटबलप्रति आर्कषण बढेपनि पूर्वाधारले अभावले खेल क्षेत्र खुम्चीको प्रति जनप्रतिनिधि एन्फा केन्द्रिय अध्यक्षको ध्यानकर्षण गराए ।
एन्फा ग्रासुट हेड कोच पंकच शाहीले फुटबल खेल मात्र नभई खेलबाट असल नागरिक निर्माण देखि समुदायको विकासमा उल्लेखीय भुमिका निर्वाह गर्ने बताए ।

बालबालिकालाई खेल प्रति आकर्षित गर्न पनि टेवा पुराउने अपेक्षा गरिएको छ । बल वितरण गरेर मात्र फुटबलको विकास नहुने भएकाले स्थानीय सरकारलाई खेलप्रति जिम्मेवार बनाउन मदत गर्ने उनको भनाई छ । खेलबाट अर्थतन्त्र विकास गर्ने एन्फाको लक्ष्य छ ।दुर्गम क्षेत्रमा पनि फुटबलको विकास गर्ने खेल मार्फत सामाजिक एकता तथा सद्भाव कायम गर्ने मुख्य उदेश्य रहेको छ ।



