स्याउ विकास बोर्डको मुख्य कार्यालय जुम्लामा रहन्छ: कृषि मन्त्री शाह 

जुम्ला । कर्णाली प्रदेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिनोद कुमार शाहले स्याउ विकास बोर्डको मुख्य कार्यालय जुम्लामा रहने बताए । जुम्ला सहित कर्णालीको स्याउ उत्पादन बृद्वी, बजारीकरण,तथा क्षेत्र विस्तारका लागि काम गर्न गठन हुन लागेको स्याउ विकास बोर्डको कार्यालय जुम्लामै रहने कृषि मन्त्री शाहले प्रतिबद्वता व्यक्त गरे ।

उच्च मुल्य कृषिवस्तु उत्थानशील कार्यक्रम करिडोर कार्यालय उद्घाटन गर्न जुम्ला पुगेका कृषि मन्त्रीले स्याउ विकास बोर्ड गठनको प्रक्रिया अन्तिम चणमा पुगेकाले मुख्य कार्यालय जुम्लामा रहने उल्लेख गरे ।

नीति तथा कार्यक्रमतथा बजेट भाषण हुँदै रातो किताबमा समेत समावेश भई हाल विधेयक तर्जुमाका लागि समिति समेत गठन गरेर काम अघि बढेको मन्त्री शाहको भनाई छ । चालु आर्थिक वर्षभित्र स्याउ विकास बोर्ड गठन, कार्यालय स्थापना लगायतका सबै प्रक्रिया टुंगीने समेत उल्लेख गरे । 

प्रकाशित मिति : २०८२ मङ्सिर ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस