शान्ति सुरक्षासंगै सेवा प्रवाहलाई छिटो छरितो र सरल बनाईने छ: प्रजिअ पौडेल 

जुम्ला ।  जुम्लाका प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले प्रशासन लगायत सरकारी कार्यालयका सेवालाई छिटो छरितो र सरल बनाउन पहल चाल्ने बताए । जुम्लाको ४७ ओै  सिडिओका रुपमा भर्खर सुरुवा भई आएका पौडेलले पत्रकार संग छलफल गर्दै सरकारी कार्यालयका सेवा एकै दिनमा पाउने र एकै कामका लागि धेरै दिन धाउनु पर्ने समस्याको अन्त्य गर्ने उल्लेख गरे ।

प्रशासनबाट दिईने नागरिकता, राष्टिय परिचयपत्र, अन्य सिफारिस लगायतका सेवाहरुलाई छिटो छरितो बनाईने प्रतिबद्वता व्यक्त गरे ।

निजामति सेवामा २८ वर्ष बिताईसकेका पौडेल स्यांझाबाट सुरुवा भई आएका हुन्  । लामो समय गृहमन्त्रायमा बसेका प्रजिअ पौडेलले जुम्लाको शान्ति सुरक्षा अमन चयन, सुशासन, विकास निर्माण लगायतका पक्षमा सुक्ष्म रुपमा काम गर्ने उल्लेख गरे ।

जिल्लाका राजनीतिक दल, नागरिक समाज, पत्रकार लगायतका अगुवा संग निन्तर समन्वय सहकार्य गरी जुम्लाको समृद्वीका लागि काम गर्ने उनको भनाई छ । 

त्यसका साथै जिल्ला प्रशासनले प्रवाह गर्ने सेवा, प्रक्रिया, लागु ओैषद दुव्र्यसनी न्युनिकरण, हिमपात पूर्वतयारी लगायतका विषयमा गाउँ गाउँमा पुगेर सचेतीकरण कार्यक्रम गर्ने योजना बनाएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

जिल्लाका सबै सरोकारवालाको रचनात्मक सल्लाह सुझावका आधारमा काम गर्नेमा जोड दिए । भने गुनासो सुनुवाई संयन्त्र प्रभावकारी बनाउने प्रशासनको तयारी छ ।  परिचयात्मक कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्ण प्रसाद चौलागाँई लगायत क्रियाशील पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८२ मङ्सिर ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस