जुनियर डिभिजन राष्ट्रिय सेवा दल तालिमको भ्रमण तथा अवलोकन 

जुम्ला । देविदत्त गण जु्म्लामा संचालित सि.सं ५१  जुनियर डिभिजन राष्टि्य सेवा दल तालिमको निरिक्षण गरिएको छ । विहिबार विहान तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाई सहितको टोलीले निरिक्षण गरेको हो । 

देविदत्त गणको जिम्मेवारी क्षेत्र जुम्ला जिल्लाको तातोपानी गा.पा.५, लाम्रा स्थित श्री दुर्गा माध्यामिक विद्यालयमा मिति २०८२।०३।०९ गतेबाट सञ्चालन भइरहेको सि.सं.५१ जुनियर डिभिजन राष्ट्रिय सेवा दल तालिमका छात्र-१५ र छात्रा-१५ गरी जम्मा ३० (तिस) जना शिक्षार्थीहरुलाई विहिबार अध्ययन भ्रमण गराईएको ।

उक्त अध्ययन भ्रमण कार्यक्रमको सिलसिलामा तालिमरत क्याडेट छात्र/छात्राहरुले ड्रिल, एरोविक्स, तेक्वान्दो पि.टि. तथा खुकुरी ड्रिल प्रस्तुत गरेको छ । 

अध्ययन भ्रमणको दौरान तालिमरत NCC क्याडेटहरुलाई विभिन्न स्टलहरु मार्फत् नेपाली सेना सम्बन्धी जानकारी, विभिन्न सैनिक कलाहरु / सैनिक सामाग्रीहरुको प्रर्दशनी गरिएको . गणले जनाएको छ । 

उक्त विद्यालयमा तालिम र सि.सं.५१ जुनियर डिभिजन राष्ट्रिय सेवा दल तालिमका छात्र/छात्राहरुलाई युनिट भिजिट गराई जानकारी मूलक भ्रमण तथा क्षमता अभिवृद्धि गर्ने उदेश्यले संचालित कार्यक्रममा श्री नं. २४ वाहिनी अड्डाका सहायक वाहिनीपति, तातोपानी गाउँपालिकाका अध्यक्ष, श्री देवीदत्त गणका गणपति, वडा अध्यक्षहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानध्यापक तथा शिक्षकहरुको उपस्थिति रहेको छ । 

प्रकाशित मिति : २०८२ मङ्सिर ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस