जुम्ला । सिंजा गाउँपालिका – १ देखि ६ वडाका दुई वर्षमुनिका कुपोषित बालबालिकालाई पोषणयुक्त आहारा वितरण गरिएको छ । कुपोषण बालबालिकालाई पोषण बृद्दि गर्ने उद्देश्यले पोषणयुक्त आहारा वितरण गरिएको हो।
पेस नेपाल र प्लान ईन्टर नेशनल नेपालको साँझेदारीमा संचालित सशक्त वालिका परियोजना अन्र्तगत पालिकाको आयोजना र पेस नेपालको सहकार्यमा यहि २०८२ काक्तिक २० देखि २६ गते सम्म स्थानिय स्वास्थ्यकर्मीको सहभागितामा वालवालिकाको पोषणको अवस्था जानकारी दिने र तथ्याङ्क संकलन गरिएको थियो ।
त्यस अवसरमा सिंजा गाउँपालिका ६ वटा वडाका ३१५ जना बालवालिकाको तथ्याङ्क संकलन गरिएको थियो । त्यसमा २ जना बाललवालिका अति जोखिम कुपोषण देखिएक थिए । २२ जना वालवालिकामा जोखिम कुपोषण देखिएको थियो ।
अन्य बालवालिकाको अवस्था भने सामान्य रहेको पाईएको थियो ।
बालवालिकाको कुपोषणको अवस्था न्यनिकरण गर्नको लागि र बालवालिकाकालाई पोषण युक्त खानाको लागि आवश्यक पर्ने सामान अण्डा, चना, केराउ, भटमास र घिउ जोखिम र अति जोखीम भएको २४ जनाको परिवारलाई मंसिर ८ गते वितरण गरिएको परियोजना संयोजक अशोक चौधरी बताए । उनले भने, ´जसले गर्दा बालवालिकाको कुपोषण सुधार ल्याएर पोषणमैत्री गाउँपालिका घोषणा गर्न मद्धत पुग्ने छ ।`



