जुम्ला । कनकासन्दुरी गाउँपालिका वडा नं ६ स्थित गोठिज्युला प्रहरी चौकीको सुविधासम्पन्न भवन निर्माण गरिएको छ । गोठिज्युलामा प्रहरी चौकी स्थापना भएको १४ वर्षपछि प्रहरीको आफ्नै सुविधायुक्त भवन निर्माण गरिएको हो । स्थानीयले नि:शुल्क जग्गा उपलब्ध गराएपछि भवन निर्माण थालिएको थियो ।
दुई वर्षको अवधिमा निर्माण सम्पन्न भएको प्रहरी चौकीको भवन बुधबार ओैपचारिक उद्घाटन गरिएको छ । कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधव प्रसाद श्रेष्ठ जुम्ला पुगेर भवन उद्घाटन गरेका छन् । भवन उद्घाटन संगै जग्गा दातालाई सम्मान समेत गरिएको छ ।
२०६८ सालमा गोठिज्युलामा स्थापना भएको चौकीले झण्डै डेढ दशक समयसम्म जीर्ण पूरानो भवनबाटै सेवा दिदै आएको थियो । असईको कमाण्डमा १० जना सम्म सुरक्षाकर्मी रहेको गोठिज्युला प्रहरी चौकीले समग्र कनकासुन्दरी क्षेत्र तथा रारा जाने पर्यटकको शान्ति सुरक्षा ट्राफिक व्यवस्थापनको काम गर्दै आएको छ ।
भौगोलिक रुपमा विकट क्षेत्रमा लामो समयदेखि जिर्ण भवनबाट सेवा दिदैआएको प्रहरीले लामो समयपछि आफ्नै भवनबाट जनताको काम गर्ने बताए । प्रहरीको आन्तरिक स्रोतबाट आबश्यकताका आधारमा सुविधायुक्त भवन निर्माण भएको प्रहरी प्रमख माधव प्रसाद श्रेष्ठको भनाई छ ।
विगतका दिनमा विपद आएको बेला आफ्नै सुरक्षाको ख्याल नगरी,बाढी पहिरोले आफ्नै बस्ने टहरा बगाउने जोखिमका बीच जनतालाई सेवा दिदै आएको प्रहरीलाई अब जनताको जिउ धनको सुरक्षा र शान्तिसुरशानकफकाम निर्धक्क रुपमा गर्न समेत प्रहरीप्रमुख श्रेष्ठको अपिल छ ।
प्रहरीको आन्तरिक स्रोत अन्तर्गत चार करोड १० लाख लगानीमा भवन निर्माण सम्पन्न भएको प्रहरी नायब उपरिक्षक डिएसपी रबिन बाबू रेग्मीले बताए ।
स्थापनाको १४ वर्षपछि सुविधमयुक्त तीन तले कार्यालय भवन, मेस भवन, हिरासत र सेवा ग्राहीका लागि प्रतिक्षालय लगायतका पूर्वाधार बनेका छन् । डिएसपी रेग्मी भन्छन,´दुई वर्ष लगाएर प्रहरीको आफ्नै आन्तरिक स्रोतको ४ करोड १५ लाखबाट भवन बनेका छ अब गोठिज्यु हरीले जनतालाई महशुसगने गरी शान्तिसरक्षाको काम गर्नसहज आबश्यक छ ।`

प्रहरी नायब महानिरिक्षक श्रेष्ठले दश वर्षे द्वन्द र जेनजी आन्दोलनपछि देश भरीका प्रहरी चोक ध्वष्त भएको बेला जुम्लामा नयाँ भवन बन्नु प्रहरीका लागि सुखद पक्ष भएको बताए । हिमाली जिल्लाका थुप्रै चौकीहरु भाडाकै घरमा कोचिएर बस्नु पर्ने बाध्यता रहेको उनको भनाई छ ।
स्रोत साधन अभावका बीच पनि प्रहरीले नियमित जनताको सेवा गर्नु पर्ने शान्ति सुरक्षा कायम गर्नु पर्ने जिम्मेवारी रहेकाले अब कर्णालीका सबै प्रहरी चौकीका भवन बनाउन पहल थालिने उल्लेख गरे ।
भाडाकै घरमा दर्जनौ प्रहरी चौकी
जुम्लाका दर्जनौ प्रहरी चौकी भाडाकै घरमा संचालित छन् । भौगोलिक दृष्टीले दुर्गममा रहेका प्रहरी चौकी पुराना जीर्ण घरमा बसेर शान्ति सुरक्षा दिईरहेका छन् ।
जुम्लामा प्रहरी चौकी १३, अस्थायी प्रहरी चौकी ६ वटा, एक ईलाका प्रशासन, जिल्ला ट्राफिक कार्यालय, कारागार, विमानस्थल लगायत गरी २९ वटा प्रहरी युनिट छन् ।
जसमध्य गोठिज्युला र रारा लिहीमा मात्रै आफ्नै भवन छ । भने बाँकी सबै भाडाकै घरमा बसेर सेवा दिईरहेको जुम्लाका डिएसपी रविन बाबु रेग्मीले जानकारी दिए ।
उनका अनुसार चालु आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालयको भवन र ईलाका प्रहरी कार्यालय नराकोटको भवन निर्माण हुने भएको छ । प्रहरी कार्यालयमा यस अघि निर्माण हुन लागेको भवन मुद्वा परेपछि अलपत्र छ । अहिले प्रहरीको आफ्नै बजेटबाट नयाँ भवन निर्माण गर्न लागिएको छ ।
साथै आगामी आवमा पनि जुम्लाको बड्की प्रहरी चौकी सहित दुई चौकीको भवन बनाउन मागपत्र लेखि पठाईएको डिएसपी रेग्मीले जानकारी दिए ।



