कर्णालीको निर्विकल्प नेतृत्व बोगटी: यस्तो छ उनको चार दशकको राजनीतिक यात्रा !

जुम्ला । नेकपा एमालेले आगामी मंसिर २७ गते देखि २९ गतेसम्म संचालन हुने गरी एघारौं राष्ट्रिय महाधिवेशनको मिति तोकेको छ । महाधिवेशन नजिकिन थालेपछि जिल्ला देखि केन्द्रका नेता कार्यकर्ता  तयारीमा जुटेका छन् ।

एमाले भित्र नयाँ नेतृत्व चयनको एकखाले बहस पनि चलिरहेको अबस्था छ । जसमा वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाइनै पुनः अध्यक्ष बनाउनुपर्छ भनेर केन्द्रदेखि स्थानीय स्तरसम्म बहुसंख्यक नेता तथा कार्यकर्ताहरुले भनेको पाइन्छ । अर्कोतर्फ वरिष्ठ उपाध्यक्षले पनि अध्यक्षको घोषणा गरेका छन्  । पोखरेलले अध्यक्षको उम्मेदवार घोषणा गरेपछि समुहनै बनाएर अघि बढेका छन् । भने अर्को तर्फ ओलीलाईनै पुन: अध्यक्ष बनाउनु पर्छभनेर देशव्यापी रुपमा ठुलो पक्ति लागि रहेको छ । 

भने सातै प्रदेशबाट प्रतिनिधि चयन प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ । यसमध्य पनि कर्णाली प्रदेशमा एमाले पार्टीको आगामी नेतृत्वको जिम्मेवारी वर्तमान प्रदेश ईन्चार्ज गोरख बहादुर बोगटी र मुख्यमन्त्री रहेका यामलाल कँडेलबीच कसले लिने भन्ने गुटको लडाई चलेको छ । यामलाल कँडेल यतिबेला कर्णालीको मुख्यमन्त्री छन् । पार्टीको नेतृत्व गर्दै कँडेलले लाभको पद सम्हालीरहेकाले सिंहो पार्टीको जिम्मेवारी बोगटीलाईनै दिँदा उत्तम हुन्छ । 

पार्टीको नीति र नेतृत्वप्रती सधै बफादार रहदै आएका र केपी ओलीको पक्षमा बिगतदेखिनै खुलेर लागिरहेका बोगटी यतिबेला पनि केपी ओलीलाईनै अध्यक्ष बनाउनुपर्छ भनेर भन्दै आएका छन् । १० वटै जिल्लामा पुगेर बोगटीले कार्यकर्ता लाई सोही अनुसार निर्देशन पनि दिने गरेको पाइन्छ । 

विशुद्ध पार्टीको जिम्मेवारीमा रहेर अहिलेसम्म कर्णालीको नेतृत्व गरिरहेका बोगटीलाईनै एघारौ महाधिवेशनबाट पदाधिकारी सहितको कर्णालीको सिङ्गो पार्टीको जिम्मेवारी दिदा कर्णालीमा एमाले पार्टीले गति लिने देखिन्छ । कँडेल भन्दा बोगटी ओलीका विश्वास पात्र हुन् । 

अदानचुली गाउँपालिका वडा नम्बर २, श्रीनगर, गल्बा हुम्ला स्थायी घर भएका ईन्चार्ज बोगटीले छोटो समयमा कर्णालीमा एमाले पार्टीलाई चलायमान बनाउन उल्लेखीय भुमिका खेलेका छन् ।  

१० वटै जिल्लाका विभिन्न कार्यक्रममा पुगेर नेता कार्यकर्ताका गुनासा सुन्ने, देशको राजनीति अबस्था प्रशिक्षण दिने लगायत पार्टिका सबै भातृ संगठनलाई चलायमान बनाउन बोगटी निरन्तर जिल्ला दौडा गरिरहेका थिए । 

 बोगटी मिसन ८४ मा कर्णालीलाई एमालेमय बनाउन अवरात्र खटिएका थिए । यता यामलाल कँडेल नेतृत्वको कर्णाली सरकारलाई पनि जनमुखि काम गर्नसुझाई रहेका हुन्थे । देशमा भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले राजनीतिक संकट निम्त्यो । मिसन ८४, मिसन ८२ मा छोटियो | 

हाल देशको  दोस्रो शक्तिका रुपमा रहेको एमाले अब आउने चुनावबाट राष्टि्य निर्णायक शक्ति बन्ने अठोटका साथी अघि बढ्दै छ । चुनावमा एमाले निर्णायक शक्ति बन्नाका लागि एघारौ महाधिवेशनले प्रदेश स्तरमा उपयुक्त पात्रलाईनै नेतृत्वको जिम्मेवारी दिनु आबश्यक छ । 

जस्तो कर्णाली प्रदेशको सवालमा गोरख बहादुर बोगटी । बोगटी कर्णालीका १० वटै जिल्लाका पार्टी पक्तिका सबै शुभेच्छुक संगठन, नेता कार्यकर्ता बीच चिनिएको अनुहार हो । समन्वय सहकार्य गर्ने शैली र सबै संग निकै सहज र सरल रुपमा व्यवहार गर्ने भएकाले पनि  बोगटीलाई कर्णालीमा पार्टीको निर्विकल्प नेताका रुपमा कार्यकर्ता हेर्न चाहान्छन् । तसर्थ एघारौ महाधिवेशनबाट कर्णालीमा एमालेको पार्टी हाक्न, पार्टीलाई चलायमान बनाउन, तल्लो तह सम्मक संरचनालाई बलियो बनाउन नेता बोगटीलाईनै ´प्रदेश ईन्चार्ज`को जिम्मेवारी दिन आबश्यक छ । 

एमाले पार्टीको विकास र विस्तारमा जीवनको चार दशक बढी समय खर्चि सकेका नेता बोगटीको राजनीतिक जीवन यात्राबारे कर्णाली मिसनले केलाउने प्रयास गरेको छ ।

हुम्लाको अदानचुली गाउँपालिका वडा नम्बर २, श्रीनगरमा बुबा ग्वामे बोगटी र आमा चिम्सी बोगटीको कोखबाट जन्मीएका नेता बोगटीले (ग्रामिण विकास)मा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट स्नातकोत्तर गरेका छन् ।

उनी र उनकी श्रीमती कविता बोगटीबाट दुई सन्तान छन् । (छोरा  प्रगतिशील बोगटि र छोरी प्रतिज्ञा बोगटी)

एमाले नेता बोगटीको राजनीतिक पृष्ठभूमी प्रस्तुत छ 

-२०४० साल गुल्मी जिल्लाको तम्घासस्थित रेसुङ्गा क्याम्पसमा प्रवीणता प्रमाणपत्र तहमा अध्ययनगर्दैगर्दा सर्वप्रथम तत्कालीन नेकपा मालेका भूमिगत नेताहरुसँग सम्पर्क हुनगई वामपन्थी विचारको जानकारी प्राप्त गर्ने अवसर मिलेको थियो ।

-त्यस्तै २०४१ देखि २०४२ सम्म अनेरास्ववियु एकताको पाँचौँ, गुल्मी जिल्ला कमिटी सदस्य भएका थिए ।  भने २०४१ देखि २०४३ सम्म रेसुङ्गा क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन,सचिव पदमा निर्वाचिच भई काम समेत गरे । 

-साथै २०४३ देखि २०४५ सम्म पाल्पा तानसेनस्थित त्रिभुवन बहुमुखी क्याम्पसमा स्नातक तहको अध्ययनगर्दैगर्दा अनेरास्ववियु एकताको पाँचौँ, क्याम्पस प्रारम्भिक कमिटी सचिव भएका थिए ।त्यसैगरी २०४३ देखि २०४५ सम्म पाल्पामा अध्ययनको क्रममा भूमिगत रुपमा नेकपा मालेको युथ लिगमा संगठित भएर पार्टीको आन्तरिक गतिविधिमा संलग्न रहेका थिए ।

-यसैबीच २०४५ सालमा हुम्ला जिल्लाको सुर्योदय माध्यमिक विद्यालयमा अध्यापनगर्दैगर्दा भूमिगत रुपमा स्थानीय युवाहरुलाई सम्मिलित गराई ‘प्रगतिशील अध्ययन समूह’ गठन गरी स्थानीय युवाहरुमा नेकपा मालेको विचार प्रवाह गर्ने काम गरेका थिए ।

२०४६ मा हुम्लामा नेपाल राष्ट्रिय शिक्षक संगठनको संस्थापक जिल्ला अध्यक्ष,६ महिना, २०४६ मा नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय सदस्य ६ महिना,२०४७ मा हुम्ला जिल्लाको नेकपा मालेको संस्थापक जिल्ला सचिव, २०४७ देखि २०६१ सम्म नेकपा एमाले हुम्ला जिल्ला कमिटी सचिवको रुपमा कुशलता पूर्वक जिम्मेवारी पुरा गरिसकेका छन् । 

२०५६ मा नेकपा एमालेको तर्फबाट हुम्ला जिल्लाबाट प्रतिनिधिसभा सदस्य (सांसद) मा निर्वाचित समेत भए । भने २०६१ देखि २०६५ सम्म नेकपा एमाले कर्णाली अञ्चल समन्वय कमिटी सचिव, २०६५ को आठौँ राष्ट्रिय महाधिवेशनमा नेकपा एमालेको वैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित भइ २०७१ सम्म कर्णाली अञ्चल समन्वय कमिटी इञ्चार्जको रुपमा काम गरेको अनुभव बोगटीसंग छ ।

२०७१ को नवौँ राष्ट्रिय महाधिवेशनमा नेकपा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित र सोही वर्ष पार्टीको स्थायी कमिटी निर्णयबाट वैकल्पिक पोलिटब्युरो सदस्य, २०७१ देखि २०७३ सम्म पुनः नेकपा,एमालेको कर्णाली अञ्चल समन्वय कमिटीको इञ्चार्ज, संघीय संरचना अनुसार पार्टी कमिटीलाई पुनर्गठित गर्नेक्रममा २०७३ देखि २०७४ सम्म तत्कालीन नेकपा एमाले, प्रदेश नम्बर ६,संगठन कमिटीको सचिवालय सदस्य रहेका थिए ।

२०७५ जेठ ३ गते, तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतापछि निर्माण भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य,२०७५ असोजदेखि २०७७ सम्म नेकपा, कर्णाली प्रदेश कमिटीको अध्यक्ष,२०७८ देखि २०८१ असारसम्म नेकपा(एमाले) को स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश सहइञ्चार्ज र २०८१ साउनदेखि हाल सम्म कर्णाली प्रदेश इञ्चार्जको ईन्चार्जका रुपमा एमाले पार्टीलाई कर्णालीमा चलायमान बनाउन काम गरिरहेका छन् ।

२०४० सालबाट राजनीतिमा होमिएका बोगटीको हाल सम्मको अनुभवलाई पार्टीको सांगठनिक संरचना निर्माणमा अब्बलता देखिन्छ । यस अर्थमा पनि आउने एघारौ महाधिवेशनबाट बोगटीलाई कर्णालीको निर्विकल्प नेताका रुपमा अघि बढाउन आबश्यक छ ।

साथै पार्टीको काम संगै नेता बोगटी लेखन सिपमा पनि पोख्त छन् । हाल सम्म ५ वटा कृतिहरु प्रकाशित गरेका छन्  ।

श्रीनगरदेखि बल्खुसम्म,२०६८, कर्णालीमा कम्युनिस्ट आन्दोलन,२०७२, कर्णाली प्रदेश: विगत, वर्तमानको यथार्थ र समृद्धिका उपायहरु,२०७५, कर्णालीमा पर्यटन विकासका सम्भावनाहरु २०७८ र समकालीन विचारहरु,२०८१ कृति प्रकाशित भएका छन् ।

प्रकाशित मिति : २०८२ मङ्सिर २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस