काठ्मान्डौंमा जुम्लाको अर्गानिक स्वाद चखाउन कोसेली घर संचालन

जुम्ला । जुम्लाको चन्दननाथ बहुउेदेश्यीय सहकारी संस्थाले संघिय राजधानी काठ्मान्डौँमा अर्गानिक स्वाद चखाउन मिनि मार्केट कोसेली घर संचालन गरेको छ । जुम्लामा उत्पादन हुने रैथानेबालीको बजार प्रर्बद्धन संगै शहरमा पनि अर्गानिक खानाको स्वाद चखाउन सहकारी मार्फत अर्गानिक कोसेली घर संचालन गरिएको हो ।

बिहीबार राष्ट्रिय सहकारी महासंघका अध्यक्ष रमेशप्रसाद पोखरेलले काठमाडौं महानगरपालिका ११ भद्रकालीमा अर्गानिक मिनि मार्केट (कोसेली घर)को उद्घाटन गरे । अध्यक्ष पोखेरेलले चन्दननाथ सहकारीले कृषि क्षेत्रमा गरेको काम देशमै उल्लेखीय र अनुसरण योग्य रहेको बताए ।

रैथानेबाली प्रर्बद्धन, उत्पादन बृद्धि र बजारीकरणमा गरेको कामलाई अन्य सहकारीले पनि सिक्नु पर्नेमा जोड दिए । आर्थिक विकास, बचत संकलन, वित्तिय साक्षरता संगै कृषि क्षेत्रमा पनि उल्लेखीय काम गर्दै आएको सहकारीले सदस्यहरुलाई कृषिमा आर्कषित गर्न समेत अर्गानिम मिनि मार्केट संचालन गरेको हो ।

विस्तारै जुम्ला संगै अन्य जिल्लामा पनि माग बढ्न थालेपछि कर्णाली प्रदेशका अन्य जिल्ला संगै सुदुर पश्चिम, लुम्बीनि संगै संघिय राजधानीमा पनि मार्केट संचालन भएको े सहकारीका कार्यकारी प्रमुख ऋषिराम पाण्डेले जानकारी दिए । उनका अनुसार कर्णालीमा उत्पादित अर्गानिक रैथाने कृषिजन्य उत्पादन राखिएको छ ।

कर्णालीमा उत्पादित रैथाने अर्गानिक कृषिबस्तुको संरक्षण, प्रवद्र्धन र बजारीकरणमा टेवा पुर्‍याउने हेतुले कोसेली घर खोलेको छ । प्रमुख पाण्डेले भन,‘अहिले चन्दननाथ सहकारीमा २२ हजार भन्दा धेरै सदस्य छन् । उनीहरुले नगदको सटा् आफूले उत्पादन गरेको अन्नवाली मिनी मार्केटमा दिएर पनि बचत गर्न सक्छन् । चाहिएको बेला पैसा लिने र नभए आर्थिकका रुपमा वस्तु बचत गर्छन् । अहिले किसानले आफ्नो उत्पादन सिंधै मिनी मार्केटमा ल्याएर पनि बेचिरहेका छन् । यसले सहकारीका सदस्यहरु कृषिमा प्रेरित भएका छन् । अरु क्षेत्र भन्दा कृषि प्रयोजनका लागि ऋण पनि दिने गरेका छौ ।’

कोसेली घरमा मार्सी चामल, सिमी, चिनो, कागुनो, चिया, टिमुर, मह, गहत र रैथाने राडीपाखी, खरायोको टोपी, लिउ, शिलाजीत, कोदो, जिम्बु, टिमुर, जौंको सातु, फापरको पिठो, ओखर, भट्टमासलगायत कर्णालीमा उत्पादन भएका ४२ भन्दा बढी प्रकारका खाद्य बस्तु राखिएको छ ।

जुम्लाबाटै लेबलिङ प्याकेजिङ गरेर पठाउने गरिएको छ । भने मिनि मार्केटले एकै वर्षमा २ करोड सम्मको अर्गानिक रैथानेबालीको किनबेच गदै आएको छ । जुम्लामा आउने पर्यटक देखी चाडपर्वमा घर फर्किने कर्मचारीहरुले कोसेलीका रुपमा अर्गानिक वस्तु लिने गरेका छन् । अब काठ्मान्डौ जुम्लाको रैथाने बस्तु सुपथ मुल्यमा पाईने छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस