गोरख बहादुर बोगटी: जनताप्रति सधै प्रतिबद्द, कर्णालीले आशा गरेका एक सरल नेता 

जुम्ला । मंसिर २७ गतेका लागि तोकिएको नेकपा एमालेको एघारौ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । एमालेले पत्रकार सम्मेलन गरी महाधिवेशन उद्घाटन शत्रको तयारी पुरा भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिएक छ । महाधिवेशनको सरगर्मी बढ्दा यस पटक कर्णालीले पनि पदाधिकारीमा आफ्नो दाबी अघि बढाएको छ ।

स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश ईन्चार्ज गोरख बहादुर बोगटीले पार्टीको पदाधिकारीमा आफ्नो दाबी गरेका छन् । यदपी स्थायी कमिटी सदस्य तथा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल पनि पदाधिकारीनै पाउनु पर्छ भन्ने लाईनमा छन् ।

तर हुम्ला अदानचुली स्थायी घर भएका जनता, मातृभुमि र कर्णाली प्रति सधै प्रतिबद्व रहेका सरत तथा सादगी नेता गोरख बहादुर बोगटी केन्द्रिय पदाधिकारी पदका लागि निकै उपयुक्त पात्र हुन् ।

चार दशक लामो समयदेखी राजनीतिमा सक्रिय नेता बोगटीले हाल सम्म जनताको सेवा, पार्टी निर्माण बाहेक अरु केहि गरेका छैनन् ।  आफू प्रतिनिधि सभा सदस्य, श्रीमती राष्टि्य सभा सदस्य हुँदै हाल पार्टीको प्रदेश ईन्चार्ज हुँदा सानो घर जग्गा,गाडी घोडा नभएका एकमात्र उदाहण पनि बोगटी हुन् ।

धेरैलाई सुर्खेत नेपालगन्ज,काठमान्डौ घर घडेरी छ भन्ने भ्रम भएपनि बोगटीको गृह जिल्ला हुम्लाकै सदरमुकाम सिमकोटमा समेत कुनै सम्पत्ती छैन् । भने जिल्ला बाहिर सम्पत्ती जोड्ने कुरा टाढाको विषय हो । 

जनतासंग सहजै भेटघाट गर्ने, पार्टीका कार्यकर्तालाई सहजै समय दिने, गुनासा सुन्ने, संबोधन गर्ने, कार्यकर्ताले जहा बोलाए उतै पुग्ने, सार्वजनिक यातायात मात्रै चड्ने जस्ता उनका विशेषताले पार्टी नेतृत्वमा जानु पर्छ, आफ्ना अनुभवलाई पार्टिको विकास र विस्तारमा लगाउनु पर्छ भन्ने बोगटीको पक्षमा जनमत बढ्दै गएको छ । त्यसैले बोगटी एमाले पदाधिकारीमा कर्णालीका उपयुक्त पात्र हुन् ।

हुम्लाबाट संसदसम्म : 

भूगोल जित्ने मान्छे, मन जित्न सहज २०५६ सालको चुनाव…कर्णालीमा जनताले धेरै सपना देखेका थिए तर पूरा पारिदिने मान्छे थोरै थिए बोगटी गाउँ–गाउँ घुम्थे—लुगा पहिरन फरक थिएन,चाल–ढाल पनि त्यही,तर आँखा भने फरक हुन्थ्यो—आशाका आँखा लोग्ने मान्छे होस् वा बुढीआमा,उनले प्रत्येकलाई एकै भाषा बोले—सादगी र माया त्यसैले हुम्लाले उनलाई“हामीमध्ये एक” भन्दै सांसद बनायो सांसद भएपछि पनि उनीपहिलेझैँ नै माटोमै बस्ने मान्छे भए संसदको कुर्सीसँग उनको व्यवहार बदलिँदैनथ्यो उनी अझै पनिकाठको कुर्सीमा बसेझैँसरल र विनम्र देखिन्थे!

५. नेकपा एमाले भित्र उदाएको एउटा स्थिर नाम :समय बित्दै जाँदा नेकपा  भित्र गोरखबहादुर बोगटी “पद खोज्ने नेता” नभएर जिम्मेवारी पूरा गर्ने आधारस्तम्भ बने ।

हाल सम्म उनी कर्णाली प्रदेश अध्यक्, कर्णाली इन्चार्ज, केन्द्रीय स्थायी कमिटी सदस्य भईसकेका छन् ।  यी पदहरू पदका रूपमा मात्र होइन,विश्वासका प्रमाण हुन्।उनको कामको शैली—चिल्ला कार्यालय होइन,घाँस–दाउराको बाटो हुँदै कार्यकर्ताको घर–घरमा पुग्ने यही कारण उनलाई कर्णालीमा आँधीजस्तै लोकप्रिय मानिन्छ।

कुनै पनि व्यक्ति लामो समयदेखी राजनीतिमा सक्रिय भएपनि कुनै भ्रष्टचार मुद्वामा नफस्नु, जनताबाट कुनै गुनासो नहुनु, जीवन सधै सरलता, सहज हुनुनै उनी राजनीतिकका लागि उपयक्त पात्र हुन् ।

धेरै नेताहरु पदसँगै पटकपटक घर–जग्गा जोड्छन्,तर बोगटीले जोडेको भने माया, विश्वास र आदर्श मात्रै हो उनलाई नजिकबाट चिनेका कार्यकर्ताले भन्छन्—“उनी नेताजस्तो होइनन्,एक साधारण शिक्षकजस्तै हुन् । 

त्यसैले पनि कर्णालीका कार्यकर्ताले बोगटीले अब एमालेको पदाधिकारी पाउनु पर्छ भन्ने जोडमा छन् । कार्यकर्ताले भन्छन्— “बोगटी नेता होइन, घरका मान्छे”कर्णालीका गाउँहरूमा उनको नाम ठाउँ–ठाउँमा सुनिन्छ। कसैको घरमा खाना खान रोकिएका,खेतमा बसेर गफ गरेका,हिमाल पार गरेर कार्यक्रम पुगेका,रातभरि कार्यकर्तासँग छलफल गरेर
बिहानै जंगलको बाटो हिँडेका व्यक्ति बोगटी अबसर पाएको खण्डमा जस्तो सुकै अबस्थामा पार्टी,जनता र जन्मभुमिलाई विकास गर्ने दृढता बोगटीमा छन् । 

देशलाई संकटबाट माथि उठाउन केपी ओलीनै एमाले अध्यक्षमा फेरी दोहोरिनु पर्ने विचार जनतामाझ राख्दै आएका बोगटी केन्द्रिय सचिव सहित कर्णालीको नेतृत्व गर्ने दौडमा अघि बढेकाले उनको योगदानलाई पार्टीले बुझेर निर्णय लिने अपेक्षामा कर्णालीबासी छन् ।

प्रकाशित मिति : २०८२ मङ्सिर २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस