जुम्लामै पहिलो ´साउना स्टिम बाथ`सुविधा सहितको होटल रोयल कर्णाली संचालन

जुम्ला । कर्णाली प्रदेशको राजधानी सुर्खेतपछिको दोस्रो ठुलो शहर जुम्लामा होटल व्यवसाय क्षेत्रमा लगानी थपिदैं गएको छ । कठिन भुगोलका बीच जुम्ला पुग्ने बाह्य पर्यटक तथा जिल्लाका ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्न विभिन्न नयाँ सेवा सुविधा सहित होटल क्षेत्रमा लगानी बढ्दै गएको हो । 

हिमाली भूगोल, चिसो मौसम पर्यटकले भोग्नु परेको कठिनाईलाई मध्यनजर गर्दै जुम्लामै पहिलो साउना स्टिम बाथ सुविधा भएको नयाँ होटल संचालनमा आएको छ । चन्दननाथ नगरपालिका वडा नं ६ स्थित छिनामा सुविधा सम्पन्न होटल रोयल कर्णाली प्यारेडाईज ईन प्रा.लीले साउना र स्टिम बाथको सुविधा सहितको होटल संचालनमा आएको हो । 

बाह्रै महिना चिसो हुने जुम्लाको मौसम प्रतिकुलता, पर्यटकहरुको चाहनालाई मध्यनजर गरी पाँच करोड बढीको लगानीमा सुविधा सम्पन्न होटल संचालनमा ल्याईएको संचालक हरिकृष्ण महतले बताए ।

साउना स्टिम बाथ सहितको सुविधा भएको कर्णालीमै पहिलो होटल हो । यसले कर्णालीको कठिन भुगोलमा यात्रा गरेर थकित पर्यटकको थकान मेटाउने छ । उनले भने,´यो होटल हाम्रो ड्रिम प्रोजेक्ट हो । र यो सुरुवात पनि हो । भविष्यमा ठुला व्यवसायीक योजना पनि बनाएका छौ  । सुरुवात होटल व्यवसायबाट गरेका छौ ।` 

होटको दुईवटा भवन निर्माण, भित्री कोठाहरुको व्यवस्थापन, साउना स्ट्रिम बाथको मेसिन खरिद जडान, होटलको डेकुरेशन, रङरोगन लगायत गरी पाँच करोड लगानी भएको संचालक महतले जानकारी दिए । उनका अनुसार साउना स्टिम बाथ सेवा संचालनका लागि मात्रै झण्डै ५० लाख लगानी भएको छ ।

होटलमा २५ वटा याटेच (चिसो तातो पानी आउने कोठा, सुविधायुक्त तालिम सेमिनार हल, २ वटा क्यामिन,बार सहितको सुविधा छ । भने होटल निर्माणका क्रममा दर्जनौले ज्याला मजदुरीमा काम पाएका थिए । अब होटल संचालनपछि प्रत्यक्ष रुपमा १० जनाले रोजगारी पाउने छन् ।

सिधै काठ्मान्डौंको कन्सलटेन्सीबाट कुक, वईटर लगायतका १० जना कर्मचारी हायर गरी ल्याईने भएको छ । होटलको विधिवत उदघाटन शुक्रबारदेखि भएपनि ओैपचारिक सेवा संचालन पुस ४ गतेबाट हुने छ । केही वर्षभित्र जुम्लाकै पहिलो पार्टी प्यालेसका रुपमा समेत विस्तार गर्ने लक्ष्य छ।

 कोरोना महामारी, जेनजी आन्दोलनले अर्थतन्त्र र पर्यटन क्षेत्र थलिएको अबस्थामा नयाँ सुविधा सहित आशाको किरण बोकेर होटल व्यवसायमा लगानी बढाएको होटेल रोयल कर्णाली प्यारेडाइज इन प्रा.लि. ले नीजि क्षेत्रको मनोबल समेत बढाएको छ ।

जुम्लामा सिजनमा आन्तरिक तथा बाह्य पर्यटकको थेगिनसक्ने भिड हुन्छ ।  पर्यटकको बसाई लम्बाउन होटल व्यवसायीले सुविधा बढाएको स्थिती थिएन् ।नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्ण प्रसाद चौलागाँई भन्छन,´होटल रोयल कर्णाली संचालनसंगै जुम्लाको पर्यटन विकास र आर्थिक समृद्वीको आशा पलाएको छ । यसले दिने स्टिम साउना र बाथ सेवाले पनि पर्यटक तान्ने अपेक्षा पनि छ । भने अर्गानिक खान्कीले यसै पनि पर्यटक लोभिन्छन् । अन्य सुविधा त्यस्तै बढेपछि पर्यटक राहत पनि हुन्छ, कमाई पनि बढ्छ ।`

होटलले साउना स्टिम बाथ सेवाको लगायत रुम चार्ज, खाना नास्ताको मेन्यु सार्वजनिक गरेको छैन् । यदपी हाल बजारमा चलिरहेको रेटभन्दा सस्तो गर्ने होटलको तयारी छ । 

पेशाले शिक्षक रहेका होटल संचालक महत जुम्लाकै उत्कृष्ट जनता माविका प्रधानाध्यापक हुन् । वर्षौ पहिलेदेखि होटल संचालनको हुटहुटी बोकेर अघि बढेका उनले सिर्दाथ बैंकबाट व्यवसायीक लोन लिएर जुम्लाकै सुविधा सम्पन्न होटल संचालन गर्ने सपना पूरा गरेका छन् ।

जुम्लामा होटल क्षेत्रमा बढ्दै गएको लगानीले यहाँको कृषि उत्पादन सिमी,मार्सी चालम, तरकारी फलफूलले बजार र मुल्य पाउने अपेक्षा छ । जिल्लामा हा चार दर्जनबढी साना ठुला होटल छन् । जसमा एक दर्जन जति होटलले मात्रै व्यवसायीक रुपमा सेवा दिईरहेका छन् ।  यदपी होटल रोयल कर्णाली भने छुट्टै विशेषता सहित दिर्घकालिन योजना बोकेर उपस्थित भएको  छ । यसले अर्थतन्त्र थलिएको बेला निरास भएका नीजि क्षेत्रमा आशा पनि जगाएको छ ।

मुगुको रारा, डोल्पाको फोक्सोण्डु, हुम्ला मानसरोवर पुग्ने हरेक पर्यटक जुम्ला पुगेर फर्किन्छन् । कर्णालीमा आउने पर्यटक लक्षित सेवा भएको यस होटलले सिजनमा मनग्य आम्दानी गर्ने समेत आशा गरिएको छ ।

मुगु, हुम्ला, डोल्पा ट्रेकिङ गरेर थकित भएर जुम्ला फर्किएका पर्यटकलाई साउना बाथ स्ट्रिम सेवाले शरीरलाई पुनर्जीवन प्रदान गर्ने, मानसिक तनाव कम गर्ने, रक्त सञ्चार सुधार गर्ने र समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने र आनन्द महसुस गराउने छ । 

प्रकाशित मिति : २०८२ मङ्सिर २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस