जुम्ला । नेपाली काँग्रेस जुम्लाले प्रतिनिधि सभा, समानुपातिक र राष्टि्य सभाका उम्मेदवार सिफारिस टुग्याएको छ । जुन उम्मेदवार भएपनि एकल सिफारिस गर्ने प्रयास गरेको जुम्लाले अन्नत: आकांक्षी सबैको नाम सिफारिस गरेको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली काँग्रेस जुम्लाले चार जना उम्मेदवारको नाम सिफारिस गरी पठाएको छ । जसमा नेपाली काँग्रेसका जुम्ला सभापति कर्ण बहादुर शाही, पूर्वसांसद कान्तिका सेजुवाल, खड्क बहादुर सेजुवाल र पूर्ण प्रसाद आर्चायलाई प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि सिफारिस गरिएको छ ।
मंसिर २४ गतेदेखि निरन्तर पाटीको छलफल तथा बैंठक बसेपनि कुनै एक जनालाई मात्र सिफारिस गर्न नसकेपछि अन्तिममा आकांक्षी सबै जनाको नाम सिफारिस गरिएको हो ।
प्रतिनिधि सभाका लागि कान्तिका सेजुवाल वा कर्ण बहादुर शाही मध्य एकजनालाई मात्र सिफारिस गर्ने प्रयास थालेपनि सहमति जुट्न नसक्दा चारै जनाको नाम सिफारिस गरेको छ ।
त्यसैगरी समानुपातिक निर्वाचनका लागि १४ जनाको नाम सिफारिस गरिएको छ आकांक्षी धेरै भएको,सहमतिबाट थोरै संख्यामा नाम पठाउने प्रयास गरेपनि अन्तमा १४ जनाको नाम पठाईएको छ ।
जसमा जनजाति र पिछडीएको क्षेत्रबाट पूर्वमन्त्री दिनबन्दु श्रेष्ठ, खष आर्यबाट धन बहादुर बस्नेत,गोविन्द बहादुर शाही, पुरिचन्द्र देवकोटा,लक्ष्मी प्रसाद आर्चाय,परेकलाल घर्ती रहेका छन् ।
साथै दलित तर्फ गोरख बहादुर सुनार, महिला र दलित तर्फ माया नेपाली महिला तर्फ नेत्रकला शाही,नविना केसी बडुवाल, कर्णजंग हमाल,जयन्ती आर्चाय,लाल बहादुर जिसी र रज्जब अलि मनिहार गरी १४ जनाको नाम समानुपातिक उम्मेदवारका लागि सिफारिस गरिएको छ ।
भने राष्टि्य सभाका लागि चार जनाको नाम सिफारिस गरी पठाईएको छ । जसमा नेपाली काँग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाही,पूर्व मन्त्री भक्त बहादुर रोकाया,भिमनीधि हमाल र सुमन बुढा बस्नेतको नाम केन्द्रमा पठाईएको नेपाली काँग्रेस पार्टी जुम्लाले जनाएको छ।
जिल्लामा सहमति जुट्न नसक्दा सबै आकांक्षीको नाम पठाईएको र केन्द्रले जसको नाम सदर गरी आउँछ त्यहि व्यक्ती नेपाली काँग्रेस जुम्लाको आधिकारी उम्मेदवार बन्ने छ ।




