चन्दननाथमा दुई सय सडक बत्ति जडान

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाले नगर क्षेत्रलाई उज्यालो बनाउन सडक बत्ति जडान कार्य थालनी गरेको छ । जुम्ला जिल्लाको सदरमुकाम खलंगा बजार क्षेत्रलाई पहिलो चरणमा उज्यालो बनाउन सडक वत्ती जडान कार्य थालेको हो । 

नगरपालिकाका १० वटा वडा मध्य पहिलो चरण बजार क्षेत्रमा दुई सय वटा सडक बत्ति जडान भएको चन्दननाथ नगरपालिकाका  ईन्जिनियर लोकेन्द्र महतले बताए । बजार क्षेत्रका विभिन्न चोक, गल्ली, सबै क्षेत्रमा प्राविधिक स्टमेट अनुसार दुई सय वडा सडक बत्ती जडान भएको छ । 

उनले भने,‘बजार क्षेत्रमा सडक बत्तिका लागि विद्युत प्राधिकरणले विगतमा केही काम गरेको थियो । अहिले चन्दननाथ नगरपालिकाले ४ हजार मिटर केबुल तार विस्तार गरी सडक बत्ति जडान गरेको छ । बत्तीको क्षामता ५० वाट रहेको छ । बत्ती जडानपछि बजार क्षेत्र झिलीमिली भएको छ ।’

दुई वटा बत्ती, प्राविधिक खर्च, जडान, ४ हजार मिटर तार लगायत सबै गरी सडक बत्ति जडानका लागि कुल १७ लाख ५० हजार खर्च भएको ईन्जिनियर महतले जानकारी दिए । चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले पहिलो चरणमा बजार क्षेत्रमा सडक बत्तिको दिगोपन, प्रभावकारीकता, संरक्षणको परिक्षण हुने बताए । बजार क्षेत्रमा सफल भएको खण्डमा नगरका सबै वडामा सडक बत्ति जडान गरिने उनको भनाई छ । 

सडक बत्तिको केही नेट्रोकिङको काम प्राधिकरण गरेपनि नागरिकको माग अनुसार सडक बत्तीको पूर्ण काम नगरपालिकाले गरेको छ । नगरपालिकाका १० वटै वडामा ग्रामिण सडक पुगिसकेका छन् । यदपी राष्ट्यि प्रशारण लाईन देखी चुकेनी विद्यतुको लाईन पनि गाउँ गाउँमा विस्तार भईसकेको छ । 

तर सडकमा बत्ती नहुँदा रातीको समयमा आउजाउ गर्न निकै असहज हुने गरेको छ । आगामी आर्थिक वर्षमा सडक पुगेका सबै वडाका सबै बस्तीमा सडक बत्ती जडान गर्ने गरी बजेट तर्जुमा गरिने चन्दननाथकी उपमेयर रामदेवी खड्काले जानकारी दिईन् । सरकारी लगानीमा बनेका संरचना दिगो नहुने, स्थानीयमा अपनत्व नहुने भएकाले दिगोपनमा ध्यान दिन समेत सुझाव दिएकी छन् । 

हिउँद लागेसंगै जुम्लामा चोरीका घटना बढेको, ट्युसन पढ्ने विद्यार्थीलाई कठिनाई भएको अबस्थामा साँझ ६ देखी विहान ६ बजेसम्म बल्ने गरी सडक बत्ती जडान भएपछि स्थानीयले राहत महसुश गरेका छन् । 

प्रकाशित मिति : २०८२ पुष १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस