जुम्ला जुम्लाको हिमा गाउँपालिका वडा नं. ५ स्थित हिमा आवासिय विद्यालयमा छापामय कक्षा कोठादेखी नमुना पुस्कालय स्थापना भएको छ । अभिभावक विहिन बालबालिका अध्ययन गर्ने उक्त विद्यालयको स्वरुप नै फेरिएको छ ।
अष्ट्रेलियन नागरिक (ग्यामिन)को सहयोग, समाजसेवी मनऋषि धिताल पहल तथा हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीको समन्वयमा आवासिय विद्यालयको स्वरुप फेरिएको हो । हिमा आवासिय विद्यालयमा पाँच दिनमा भएको सुधार, बनेको संरचना र त्यसको सुरुवाती विन्दुबारे एक लामै कथा छ । तर हामी सक्षिप्त प्रस्तुत गर्छौ ।
ग्यामिन अष्ट्रेलियाका प्राध्यापक तथा लेखक हुन् । बेला बेला उनले समाजिक हितका निम्ती समेत योगदान गर्दै आएका छन् । जुम्लाका मनऋषि धिताल र ग्यामिनको केही वर्ष अघि अष्टे«लियामै ग्यामिनको किताब बिमोचनमा भेट भएको थियो । दुबै लेखक भएकाले उनीहरु बीच सवाद र सम्बन्ध बाक्लीदै गयो । अहिले प्रिय साथी हुने गरी
बेला बेला सामाजिक संजाल र फोनमा कुरा भईरहन्थ्यो । ग्यामिनले शैक्षिक क्षेत्र सुधार, गरिब विपन्न अनाथको लागि कतै सहयोग गर्नु परे भन्नु भनेर भनेका थिए । केही महिना अघि मात्र मनऋषि धितालले हिमा आवासिय विद्यालयको ठिग्रिङ उभिएको भवन र कक्षा कोठाको फोटा ग्यामिनलाई पठाए ।

ती फोटा देखेपछि बालबालिका कसरी पढ्छन् होला, कसरी कक्षामा बस्छन् होला ? भनेर सोचेपछि मन चसक्कै भएको कुरा ग्यामिनले पुस्तकालय र कक्षा कोठा निर्माणपछि सोमबार सुनाए । यहाँ थोरै भएपनि सहयोग गर्न पाउँदा निकै खुसी भएको पनि उल्लेख गरे ।
तस्बिर हेरेपछि ग्यामिनले हिमा आवासिय विद्यालयमा पुस्तकालय स्थापना देखी छापामय कक्षा बनाउने सोच बनाए । मनऋषिलाई समन्वय गर्न भने । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले पनि भरपुर समन्वय गरे । त्यसपछि पुष दोस्रो साता ग्यामिन, मनऋषि सहितको पाँच जनाको टोली जुम्ला आईपुग्यो । पाँच जनाको टोली मात्र जुम्ला पुगेन् । सात समुद्र पारी, ४० हजार फिट उचाईबाट विश्व प्रख्यात लेखकले लेखेका जीवन उपयोगी सात हजार थान किताब पनि जुम्ला पुगे ।

निर्माण गरेर छोडेको हेर्दे उराठ लाग्दो भवनमा ग्यामिनले आफै पेन्टीङ गर्न सुरु गरे । उनको रातदिनको मेहनत खटाई देखेर गाउँले पनि स्वतह सघाउन आए । ग्यामिनको सरलता र चन्चलता देखेर गाउँले निकै खुसी पनि भए । विशेषगरी बालबालिका निकै उत्साहित भए । उत्साहसंगै नमुना बन्यो हिमा आवासिय विद्यालय ।
उपभोक्ता समिति, आर्ट लेख्ने मान्छे, पेन्टीङ गर्ने पेन्टर एक महिना बढी समय लगाउने काम ग्यामिन र मनऋषि धितालको टिमले पाँच दिनमै सकिएदिए । वर्र्षौसम्म कुरुप रहेको हिमा आवासिय विद्यालयको भवन पाँच दिनमा सुन्दर मात्र बनेन् । ज्ञान प्रर्बद्धक पनि बेकेको छ ।

सम्भवतः हिमा आवासिय विद्यालयमा बनेको जस्तो व्यवस्थित लाईब्रेरी जुम्लामा अन्त छैन् । भने त्यति सुन्दर र चिटिक्क कक्षा कोठा त झन अन्त छदै छैनन् । अब अन्य विद्यालयका लागि एक पटक पुग्नै पर्ने थलो समेत हिमा आवासिय विद्यालय बनेको छ । पाँच दिनमा विद्यालय नौलो देखेपछि खुसी हुदैँ स्थानीयले एउटा व्यक्तिको ईच्छा शक्ति र सक्रियताले उदाहरणीय काम हुने कुरा अनुसरण भएको बताएका छन् ।
सात हजार थान सहितको नमुना पुस्तकालय सोमबार हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले उद्घाटन गरे । सबै कक्षा कोठामा गरिएको आर्कषक पेन्टीङ, सहज बसाई व्यवस्थापन, शैक्षिक सामाग्रीको उपलब्धता देखेर उद्घाटनमा पुगेर पालिका अध्यक्ष सहित स्थानीय दंग परे ।

दुर्गमको विद्यालयमा नमुना काम गरी सहयोग गरेकोमा धन्यबाद सहित हिमा गाउँपालिकाले मनऋषि धितालको टिमलाई भव्य सम्मान सहित विदाई गरेको छ । ।
ग्यामिनले आधा आफ्नो तलब र आधी साथीहरु संग सहयोग संकलन गरी हिमा आवासिय विद्यालयमा पुस्तकालय लगायत अरु काम गरेको समाजसेवी मनऋषि धितालले बताए । यस्तै काम नेपालका १० वटा विद्यालयमा गरिसकेको उनको भनाई छ । हिमा आवासिय विद्यालयमा पुस्तकालय, डेक्स बेन्च, छापामय, कक्षा, कार्पेट, सबै कोठामा शैक्षिक सामाग्री सहितको दराज लगायतको व्यवस्थापन गरिएको छ ।

साथै आवासिय विद्यालयको आवास क्षेत्रलाई पनि सुधार गर्न सहयोग गर्ने ग्यामिनले प्रतिबद्धता गरेका छन् । सोमबार आयोजित कार्यक्रममा ग्यामिनले विश्वका सात हजार पुस्तक सहितको पुस्तकालय बनेकाले कम्तीमा सय वर्ष पुस्तकालयको रक्षा गर्न शिक्षक, विद्यार्थीलाई अनुरोध गरे ।




