जुम्ला । कर्णाली मिसन अनलाईनका मुगु संवाददाता रतन रावल सम्मानित भएका छन् । मुगुलाई कार्यक्षेत्र बनाएर लामो समयदेखि सक्रिय पत्रकारिता गरिरहेका मिसनकर्मी रावल शुक्रबार सम्मानित भएका हुन् ।
छायाँनाथ रारा नगरपालिकाले आफ्नो १८ औं नगर सभाको अबसरमा पत्रकार रावललाई सम्मान गरेको हो । नगर प्रमुख विष्णु कुमार भामले सम्मान पत्र हस्तान्तण गरे ।
सत्य,तथ्य र निस्पक्ष रुपमा कलम चलाई जिल्लाको विकास र समृद्वीका लागि दिएको उल्लेखीय योगदानको उच्च कदर गर्दै नगरपालिकाको तर्फबाट पत्रकार रावललाई स्वागत गरिएको नगर प्रमुख भामले बताए ।
जिल्लाको स्वास्थ्य,शिक्षा, पर्यटन, विकास निर्माणका सवालमा निरन्तर निस्पक्षमा रुपमा लेखेर खबरदारी गर्ने रावलको पत्रकारिता अरुका लागि अनुसरण योग्य रहेको समेत प्रमुख भामले उल्लेख गरे ।
पत्रकार रावल छायानाथ रारा नगरपालिका वडा नम्बर ८ झ्यारी गाउँमा २०५८ साल बैशाख १३ गते जन्मीएका हुन् ।
स्वर्गीय बुवा गोरखबहादुर रावल आमा पानीसरा राहुलको कोखबाट कान्छा छोराको रुपमा जन्मीएका रावल मुगुका आवाज विहिनका आवाज बनेका छन् ।

छोटो समयमा चर्चाको शिखरम पुगेका रतन मुगुका मल्टिमिडियामा राम्रो सिप भएका पत्रकार हुन् । उनले लोपउन्मुख परम्परा, संस्कृति, रहनसहन लगायतका विषयहरु खोजी गर्दै ल्याउने गरेका छन् ।
दुर्गम मुगुलाई कर्मथलो बनाएर सिमित स्रोत साधन भौगोलिक कठिनाईका बीच सक्रिय पत्रकारिता गरिरहेका रावल नगरले सम्मानित गरेपछि पेशाप्रति जिम्मेवारी बोध भएको बताए । आगामी दिनमा सधै जनताका पक्षमा लेख्ने, बेथितिका विरुद्व सधै वकालत गर्ने समेत प्रतिबद्वता गरेका छन् ।



