जुम्ला । नेपालकै उत्कृष्ट पर्यटन गन्तव्यका रुपमा रहेको कर्णाली प्रदेशको मुगुमा स्थित रारा राष्ट्यि निकुञ्ज पछिल्लो वर्षमा लयमा फर्किएको छ । विगतमा वर्ष भन्दा तुलनात्मक हिसाबले रारा राष्ट्यि निकुञ्जमा पर्ने रारा ताल पछिल्लो दुई वर्ष यता लयमा फर्किएको हो ।
एकातिर रारामा पर्यटकको आगमन बृद्धि हुदैँ गएको र राजश्व संकलनमा पनि उल्लेखीय बृद्धि भएको देखिन्छ । भने अर्कोतिर निकुञ्ज क्षेत्रमा चोरी शिकारीको जोखिम समेत बढ्दै गएको थियो ।
रारा राष्ट्यि निकुञ्जको प्रमुखमा बरिष्ठ संरक्षण अधिकृत महेश न्यौपाने आएपछि पर्यटन प्रर्बद्धनदेखी राजश्व संकलन तथा निकुञ्जको चोरी शिकारी नियन्त्रणमा शुन्य सहनशिलता अपनाइएको थियो |
प्रमुख न्यौपानेकै नेतृत्वमा अवैध रुपमा संरक्षित पंक्षी डाँफे, अन्य पंक्षीको शिकार गरी ओसार पसार गरेको तथा अवैध रुपमा वन्यजन्तु घोरल शिकार गरेको सम्बन्धी दुई मुद्धा समेत दर्ता गरिएको छ । चोरी शिकारी नियन्त्रणमा निकुञ्जले कडाई गरेपछि वन्यजस्तुको संरक्षण मात्रै भएको छैन् । नागरिक तहमा सचेतना पनि बृद्धि भएको छ । भने रारा घुम्न आउने पर्यटकले वन्यजस्तुको अवलोकन समेत गर्न पाएका छन् ।

साथै निकुञ्ज स्थापना भए पश्चात आर्थिक वर्ष २०८१÷०८२ मा हालसम्मकै धेरै राजश्व संकलन भएको थियो । पर्यटन प्रर्बद्धन, चोरी शिकारी नियन्त्रण, काठ दाउरा लगायतबाट गत आवमा ६२ लाख ७२ हजार २२० रुपैया राजश्व संकलन भएको थियो ।
जुन हालसम्मकै धेरै हो । अघिल्लो आ.व २०८०÷०८१ मा निकुञ्ज कार्यालयले ४७ लाख ५७, हजार ५९६.रुपैयाँ राजश्व संकलन गरेको थियो ।
चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मा ३३ लाख २७ हजार ७९८ रुपैयाँ राजश्व उठेको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्ज प्रमुख न्यौपानेले निकुञ्जको आम्दानी, चोरी शिकारी नियन्त्रणमा कडाई, नियमित गस्ती, सचेतना लगायतका कार्यक्रमललाइ निरन्तरता दिएपछि निकुञ्ज लय समातेको छ ।
राराको पर्यटन प्रर्बद्धन र रोजगारी सृजनासंग मात्रै केन्द्रित अधिकांशले निकुञ्जको आन्तरिक सुदृढीकरणका बारेमा त्यति चासो देखिएको पाईदैन् ।

तर पछिल्लो वर्षमा पर्यटन प्रर्बद्धन संगै रारा निकुञ्जको आन्तरिक सुधार पनि उल्लेखीय भएको छ । विभिन्न आ.व.मा महालेखाको प्रतिवेदनबाट देखिएको ६ लाख ९७ हजार ५०९ रुपैया बेरुजु असुली समेत गरिएको छ ।
राराबाट बर्दिया सरुवा भएका प्रमुख महेश न्यौपाने भन्छन,‘तोकिएको जिम्मेवारीलाई कुशलता पुर्वक पूरा गर्ने, राज्य प्रति उत्तरदायी बनेको खण्डमा असम्भव केही छैन् । सबै कर्मचारीको साथ सहयोगले स्थापनाभए यताकै धेरै राजश्व उठायौ । बेरुजु असुली गर्यौ । समग्रमा रारा बसाई सुखद रह्यो । राज्यको उपेक्षा भएपनि कर्णाली समृद्ध पर्यटनबाटै बन्छ । लगानीसंगै सुधार जरुरी छ ।
साथै उनकै कार्यकालमा राष्ट्रिय प्रकृति संरक्षण कोष, रारा संरक्षण कार्यक्रम स्थापना गर्न आवश्यक पहल गरिएको थियो । भने नयाँ छाँयानाथ राष्ट्रिय निकुञ्ज कार्यालय स्थापना गर्न विभागीय कार्यदलमा समेत न्यौपाने सहभागी भएर थिए ।
भने निकुञ्जको सल्लेरीको क्षेत्रको अतिक्रमित जग्गालाई समेत नियमनुसार कदम चालेर अतिक्रमण हटाइएको छ । अहिले रारा आसपासका नागरिक समेत निकुञ्जको संरक्षण तथा पर्यटन प्रर्बद्धनमा सचेत भएका छन् ।



