छायाँनाथ रारा नगरपालिकाले गर्यो पाँच विधेयक पारित

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाले पाँच वटा विधेयक पारित गरेको छ । छायानाथ रारा नगरपालिकाको १८ औं नगर अधिवेशन विधेयक सभामा विधान सभाको रुपमा लिएर पाँच वटा विधेयक पारित भएका हुन ।

नगर प्रमुख बिष्णु कुमार भामको अध्यक्षता मा विधान सभाले नगरपालिकाका अत्याआश्यक विधेयक पारित गरेको छ । 

पारित भएका विधेयकमा छायानाथ रारा नगरपालिकाका एकल तथा दलित महिला जिविकोपार्जन सुधार कार्यक्रम सञ्चालन कार्यविधि-२०८२ , छायानाथ रारा नगरपालिका युवाक्लब गठन तथा सञ्चालन सम्बन्धि कार्यविधि-२०८२ , लैगिंक समानता र अपांगता सामाजिक समावेशिकरण रणनिति-२०८२ , नगर प्रमुखको श्रमदान अभियान कार्यान्वयन सम्बन्धि कार्यविधि-२०८२ र बालविवाह न्युनीकरण रोकथाम नीति-२०८२ कार्यविधिहरु विधेयकहरु पारित गरिएको नगर प्रमुख बिष्णु कुमार भामले बताए । उनका अनुसार विधायन समितिका संयोजक राज बहादुर वि.क ले उक्त विधेयक सभामा पेश गरेका थिए ।

सभामा प्रस्तुत गरिएका विधेयक पारित भएपछि नगर प्रमुख भामले प्रमाणिकरण गर्दै नगरपालिकाको सुशासन , अनियमितता , भ्रस्टचार लगायत स्थानीय विकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने  उल्लेख गरे । 

नगर उपप्रमुख ऐश्वर्या मल्लले नगरपालिकालाई भ्रस्टचार मुक्त सुन्य सहनशिलता लाई सुशासन , पारदर्शिता कायम गर्न नगरपालिका हरदग लागिरहेको बताईन । पाँच वटा कार्यविधि सभामा पेश भईसकेका छन् । यसलाई हामिले मुर्त रुप दिन नगरपालिकाका जनप्रतिनिधिहरु ऐक्यबद्धता रहेको पनि अवगत गराईन ।

प्रकाशित मिति : २०८२ पुष २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस