काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल नागरिक पार्टी र नेपाल हाउस पार्टीबिच पार्टी एकीकरण भएको छ । मंगलवार राप्रपा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा तीन पार्टीबीच एकीकरण भएको हो ।
एकीकरणपछि नयाँ पार्टीले राष्ट्रिय प्रजातन्त्र पार्टीकै नाम, झण्डा र चुनाव चिह्न कायम राख्ने सहमति भएको छ । एकीकरणले राष्ट्रवादी शक्तिहरूलाई एकीकृत गर्दै आगामी निर्वाचनमा बलियो उपस्थिति जनाउने अपेक्षा गरिएको छ ।
यो एकीकरणले नेपालको राजनीतिक परिदृश्यमा नयाँ तरङ्ग ल्याउने विश्लेषकहरूको मत छ । एकीकृत पार्टीले हिन्दु राष्ट्र, संवैधानिक राजतन्त्र र सुशासनलाई मुख्य एजेन्डा बनाउने जनाइएको छ ।
प्रकाशित मिति : २०८२ पुष २९ गते मङ्गलवार



