मुगु। अक्कल कोपिला फाउन्डेसन द्वारा मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं १० मा खानेपानी धारा निर्माण गरिएको छ ।वर्षौदेखि खानेपानी अभावको अभाव झेल्दै आएका वडा नं १० का जिउला र ठङ्गेनीका बासिन्दाको सहजताका लागि खानेपानी धारा निर्माण गरिएको हो ।
मुगु स्थायी घर भई हाल स्पेनमा रहेका अक्कल बोहोराकी दिदीको हातबाट धाराको उद्घाटन गरिएको छ । दिदी उजेली सेजुवाल र वडा नम्बर १० का वडा अध्यक्षले धाराको उद्घाटन गरे ।
फाउन्डेसनले मुगुको शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको वडाध्यक्ष हस्त बहादुर बुढाले बताए । मुगुका समस्यालाई मध्यनजर गर्दै अक्कल बोहोराले गर्दै आएको सहयोग र योगदानको समेत प्रसंशा गरे ।
फाउण्डेशनले वडा नं न१० का विभिन्न बस्तीमा शैक्षिक सामग्रीसँगै विपन्न बालबालिकालाई चिसो छल्नको लागि न्यानो कपडा वितरण गरेको छ ।
गाउँमा खानेपानी धारा निर्माण भएपछि वर्षौदेखि खानेपानी अभावको समस्या झेल्दै आएका जिउला गाउँका बासीहरु खुसी भएका छन्।

साथै वडा नं १० मै गेट निर्माण थालिएको छ । स्पेनमा कठोर दुख गरेर भएपनि बोहोराले मुगु नागरिकका लागि सहयोग गर्दै आएका छन् ।
मुगु जिल्लाका विभिन्न दुखी गरिब जनताको निम्ति विभिन्न विद्यालयमा शैक्षिक सामग्रीसँगै दुःखी विपन्न व्यक्तिहरुलाई राहतको लागि सहयोग गर्दै आइरहेका छन्। भने केही दिनअघि मात्रै आफ्नो गृह जिल्ला मुगु पुगेकी धर्मपत्नी कोपिलाले आफ्नो जिन्दगी रहेसम्म गरिरहने प्रतिबद्धता गरेकी छन् ।



