साहाराविहीन दम्पतीकाे उद्दार

मुगु – छायाराथ रारा नगरपालिका – ५  का साहाराविहीन दम्पतीकाे उद्दार गरिएकाे छ । बिगत ६ बर्ष देखि मुगुकाे गमगढी बजारको सडक किनारामा  कस्टकर जीवन बिताईरहेका ४७ वर्षीय गिरी नेपाली र  ४५ वर्षीया भदुरी नेपालीकाे उद्दार गरिएकाे हाे ।

मुगुम कार्मारोङ गाउँपालिका मुगुका जनस्वास्थ्य निरिक्षक बलि बहादुर बुढाकाे पहलमा  उद्धार गरी सुर्खेतस्थित मानव सेवा आश्रममा पुनःस्थापना गरिएकाे छ ।

गिरी नेपाली शारिरिक र मानसिक दुवै रुपमा अस्वस्थ छन् । भदुरी नेपाली शारिरिक रुपमा अस्वस्थ र निकै कमजोर छन् । दुवै जना सडकको किनारामा निकै कष्टकर जीवन विताई रहेका  थिए ।

प्रकाशित मिति : २०८२ माघ १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस