मुगु । मुगुमा बस दुर्घटना हुँदा ११ जना घाईते भएका छन् । नेपालगन्ज बाट मुगु आउदै गरेको ना ५ ख १६८६ नम्बर बस मुगुको छायानाथ रारा नगरपालिका ७ बाँधा खोलामा दुर्घटना हुँदा ११ जना घाईते भएका हुन् ।
नेपालगन्जबाट आउदै गरेको बस एक्कासी ब्रेक फेल भएर दुर्घटना भएपछि प्रहरी चौकी पिनाका प्रहरी नायब निरिक्ष धन बहादुर कार्कीको कमाण्ड ८ जनाको टोलि खटिएर घाईतेको उद्वार गरिएको छ । बसमा सवारमा जम्मा २६ जना यात्रु मध्य ११ जना घाईते भएको प्रहरीले जनाएको छ ।
घाईतेको जिल्ला अस्पताल मुगुमा उपचार भईरहेको छ ।
घाईतेहरुको नामावली र अबस्था यस्तो छ
निम्न घाईतेः-
१. जिल्ला मुगु छाँया नाथ रारा न.पा. १ बस्ने बर्ष ५१ को मेल ब. नेपाली दुबै हातमा चोट बोल्न सक्ने मध्यम ।
२. ऐ.न.पा. ७ बस्ने बर्ष २४ कि भैपुरा नेपाली कम्मर मा चोट सामान्य ।
३. ऐ.न.पा.०५ बस्ने बर्ष ३५ कि रुमैलि महत्तरा कम्मरमा चोट सामान्य ।
४. ऐ.ऐ. बस्ने बर्ष ३५ कि मायादेबि रोकाय ढाड र खुट्टामा चोट सामान्य
५. ऐ.ऐ. बस्ने बर्ष २७ कि एलिसा कार्कि ढाड, खुट्टामा चोट सामान्य ।
६. ऐ.ऐ. बस्ने निजको छोरा बर्ष ४ को रोहन महत्तरा शरीरमा चोट सामान्य ।
७. ऐ. ऐ बस्ने बर्ष ११ को रितिक महतरा सामान्ने टाउकोमा
८. ऐ. ऐ १० घट्टेलेख बस्ने बर्ष ७० को सिब सेजुवाल सामान्य उपचार पश्चात डिस्चार्ज भई गएको
९. जिल्ला कालिकोट नरहरीनाथ गा.पा. ४ बस्ने बर्ष २६ को कमल बुढा खुट्टामा चोट सामान्य( नेपाल प्रहरी) । सामान्य उपचार पश्चात डिष्चार्ज भई गएको ।
१०) ऐ.ऐ १३ बस्ने बर्ष २५ कि पुर्णिमा सेजवाल टाउको मा सामान्य चोट सामान्य उपचार पश्चात डिष्चार्ज भई गएको ।
११) निजको छोरी बर्ष २ बर्ष की बिसेषता बोहोरा सरीरमा सामान्य उपचार पश्चात डिष्चार्ज भई गएको ।



