Screenshot
जुम्ला । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) जुम्लाको सिंजा क्षेत्र केन्द्रित चुनावी अभियान सुरु भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी सिंजा क्षेत्र केन्द्रित चुनावी अभियान सुरु भएको हो
निर्वाचन परिचालन समितिका संयोजक गोमा कुँवर गौतमको नेतृत्वमा चुनावी अभियान संचालन भईरहेको छ । बुधबार नेकपाका उम्मेदवार नरेश भण्डारी सहित कनकासुन्दरी पुगेका छन् । कनकासुन्दरी, सिंजा र हिमामा चुनावी प्रचार प्रशार गरिने कार्यतालिका छ ।
बुधवार सिंजा क्षेत्रका विभिन्न स्थानमा मतदाता भेटघाट तथा चुनावी सभा गरिएको छ ।
२०६४ सालमा प्रतिनिधि सभामा र २०७४ मा कर्णाली प्रदेश सभामा निर्वाचित भई कानुन मन्त्री समेत भईसकेका नरेश भण्डारी चुनावी मैदानमा छन् ।
जुम्लालाई सांस्कृतिक राजधानी बनाउने मोडेल जिल्लाका रुपमा विकास गर्ने एजेण्डा सहित भण्डारी मतदाता भेटघाटमा गाउँगाउँ पुगिरहेका छन ।



