नेपालमा करिव २८ प्रतिशत वा ८१ लाख ६५ हजार ८२ जना मानिसले सुर्तिजन्य पदार्थको सेवन गर्दछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा करिब २७ लाख १३७ जनाको मृत्यु एक वर्षमा सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गर्छ । पछिल्लो सन् २०१८ को अध्ययन अनुसार उक्त संख्यामा नागरिकको मृत्यु सुर्तीजन्य पदार्थको सेवनबाट भइरहेको छ । सुर्तीजन्य पदार्थको सेवनबाट नसर्ने रोग क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वास सम्बन्धी रोग र मधुमेह हुन हुने गर्दछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुर्तीजन्य पदार्थको सेवनबाट हुने मृत्युमा मुटु सम्बन्धी रोगका कारण २८ प्रतिशत मानिसहरुको मृत्यु हुने गरेको छ । तथ्यांक अनुसार विश्वमा करिब ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको कारण हुने गर्दछ । सुर्तीजन्य पदार्थको सेवनबाट उत्पन्न रोगको महामारीबाट हरेक वर्ष मृत्यु हुने ८० लाख मध्ये करिव १२ लाख जतिले धुम्रपान सेवन नगरेपनि अरुले गरेको धुम्रपानको धुवाँको असरबाट मृत्यु हुने गरेको प्राध्यापक श्याम लम्सालले बताए ।
स्वास्थ्य मन्त्रालयको विवरण अनुसार नेपाल दक्षिण एसियाकै कम कर लगाउँने देश हो । नेपालमा ३३ प्रतिशत मात्रै कर लगाइएको छ । सबै भन्दा बढी बंगलादेशमा कर लगाइएको छ । त्यहाँ सूर्तीजन्य पदार्थमा ७१ प्रतिशत कर लगाइएको छ । माल्दिभ्समा ६९ प्रतिशत, श्रीलंकामा ६६ प्रतिशत, पाकिस्तानमा ५६ प्रतिशत, भारतमा ५४ प्रतिशत सूर्तीजन्य पदार्थमा कर लगाइएको छ ।
सरकारले कर बढाउन खोजेपनि सूर्ती उद्योगीहरुले यसलाई प्रभावित बनाउँदै आएका छन् । उनीहरुले ९० प्रतिशत चित्र अंकित पिक्चर नछापेको, सूर्ती खेति गर्ने किसानहरुले सूर्ती उद्योगको उक्साहटमा मुद्धा हालेको अवस्था छ । यसलाई चिर्न पत्रकारहरुले गंभिर अध्ययन गरेर कलम चलाउँन आवश्यक भएको छ ।
नियमनका कानुनी प्रयास
नेपालमा सूर्तीजन्य पदार्थको नियन्त्रण ऐन, कानून, कार्य–निर्देशिका र रणनीति सूर्तिजन्य पदार्थको उत्पादन (नियन्त्रण र नियमन) ऐन, २०६८ सूर्तिजन्य पदार्थको उत्पादन (नियन्त्रण र नियमन) नियमावली, २०६८ रहेको छ ।
सूर्तिजन्य पदार्थको उत्पादन (नियन्त्रण र नियमन) निर्देशिका, २०७१ सूर्तिजन्य बस्तुको वक्स, पाकेट, खोल, कार्टुन, पार्सल र प्याकेजिङमा चेतावनीका सन्देश र फोटो प्रिन्ट गर्ने र टाँस गर्ने सम्बन्धी निर्देशिका, २०६८ (संसोधन सहित) रहेको छ ।
सूर्तीजन्य पदार्थ नियन्त्रण बिक्री वितरण गर्न गराउन नपाउने कसैले पनि १८ वर्ष नपुगेका व्यक्तिलाई विक्री गर्न नपाउने गर्भवती महिलालाई सूर्तीजन्य पदार्थ बिक्री वितरण गर्न वा गर्न लगाउन वा निःशुल्क उपलब्ध गराउन पाउने छैन । आकर्षण हुने गरि विक्री स्थलमा सजावट गर्न नपाउने निशुल्क वितरण वा उपहार दिन नपाउने व्यवस्था गरिएको छ ।
नसर्ने रोगका प्रमुख चार वटा कारण मध्य पहिलो कारकका रुपमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ पर्दछन् । यसमा धुवासहित चुरोट, बिडि, हुक्का ईत्यादी र धुवा रहित सुर्ति, खैनी, गुठ्का, स्यामबार ईत्यादी पर्दछन् । सुर्तिजन्य पदार्थमा सात हजार जति रसायनिक पदार्थहरु पर्दछन् । जसमध्य ६९ वटा क्यान्सर गराउने तत्वहरु पर्दछन् ।
शारिरिक तथा सामाजिक असरहरु
य अरु मानसिलाई असर पार्दछ र हामफलाई मन पराउदैनन् ।
य मुखको सास गनाउछ ।
य पारिवारिक कलह समेत गराउदछ ।
य यसको धुवाले साना , बच्चा , बुढ्यौली ÷ गर्भवती आमालाई असर पुर्याउदछ ।
य चुरोटको ठुटो र त्यसको बट्टाले वरपरको क्षेत्रमा असर समेत गराउदछ ।
य धुम्रपानको प्रयोगले दाँत , कपाल तथा यौन चाहानामा समेत असर पार्दछ ।
केहि शन्देश
य धुम्रपानको सेवनले हृदयघात तथा मस्तिस्कघात २ देखि ३ गुणा बढी हुन्छ ।
य धुम्रपानले रक्तचापमा खराव असर गर्दछ ।
य अप्रत्यक्ष धुम्रपान क्भअयलम ज्बलम कmयपष्लन पनि मुटु रोगको खतरा गर्दछ ।
य युवा अवस्था देखि नै यसको प्रयोगले झन चाडै हृदयघातको खतरा हुन्छ ।
य जति धेरै लामो समय धुम्रपानको प्रयोग बढ्दै जान्छ त्यति त्याग गर्न समस्या हुन्छ ।
य पटक पटक धुम्रपानको त्याग असफलताले कुनै वेला यसलाई त्याग गर्न सफल तुल्याउदछ ।
कुनै ठाउँ त आमा बुवा र अविभावकलाई मान मर्यादाको भेटि राखि धुम्रपान सुरु गराईन्छ । कसैले साथी संगीबाट, कसैले असफलता र तनावमा धुम्रपान सिक्छन् तर पछि यहि धुम्रपान र सुर्तिजन्य पदार्थकै कारणले ज्यान गमाउनु पर्दछ ।
त्यसैले धुम्रपान पहिले आफु त्यागौ र अरुलाई पनि त्याग्नमा सहयोग गरी स्वस्थ निरोगी समाजको निर्माणमा सहयोग पु¥यौँ ।



