स्वास्थ्य मन्त्री डाक्टर सुधा गौतम जुम्ला आउँदै

जुम्ला । स्वास्थ्य तथा जनसंख्या मन्त्री डाक्टर सुधा गौतम जुम्ला आउने भएकी छन् ।  मन्त्री गौतम मंगलबार (आज) जुम्ला आउने भएकी हुन् । अहिले नेपालगन्ज विमानस्थलबाट जुम्ला आउने तयारी छ । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विधार्थीसंग छलफल गर्ने,चेरे चौरमा निर्माण भईरहेको भवनको निरिक्षण गर्ने, लगायतका कार्यक्रमका लागि स्वास्थ्य मन्त्री जुम्ला आउन लागेको प्रतिष्ठान स्रोतले जानकारी दिएको छ ।

यता प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जिल्लाका सुरक्षा निकाय संग पनि छलफल गर्ने मन्त्रीको कार्यतालिका रहेको बताए । उनका अनुसार भोली मन्त्री जुम्लाबाट मुगु जाने छन् ।

प्रकाशित मिति : २०८२ माघ २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस