वषौँदेखि खोरमा थुनिएका छन् अनिल

जुम्ला – चन्दननाथ नगरपालिका–८ जातीभिड गाउँका २७ वर्षीय अनिल कुमार थापा करिब एक दशकदेखि खोरमा बस्दै आएका छन् । नौ वर्षअघि ०७३ सालमा अनिल काठमाडौँमा सवारी दुर्घनामा परेका हुन् । त्यतिबेला काठमाडौँ स्थित केएमसी अस्पतालमा उनको उपचार भयो । दुघर्टनामा पर्दा मस्तिष्क र ठाउकोमा चोट लागेको अनिलकी आमा हाँसुदेखि थापाले बताइन् ।


‘स्कूलबाट भागेर काठमाडौँसम्म पुगेको छोरा दुई÷चार वर्ष कहाँ थियो ? थाहा थिएन,’ उनले भनिन्, ‘सवारी दुर्घटनापछि सामाजिक सञ्जालमार्फत काठमाडौँ रहेको थाहा भयो,’ उनले भनिन्, ‘उपचार त गरियो तर, सञ्चो भएन, अचेत अवस्थामा हिँडडुल गर्ने, घरमा नबस्ने भएपछि घेरबार गरेर राख्न बाध्य छौं ।’


घरमै तारजालीले घेरबार गरेको सानो खोर बनाएर राखिएको हाँसुदेविले बताइन् । हाँसुदेवि एक्लैले छोराका स्याहारसुसार समस्या भएको भन्दै संघ, प्रदेश, स्थानीय सरकार र मानव सेवा आश्रम जस्ता संघ संस्थासँग सहयोगको अनुरोध गरेकी छन् ।

प्रकाशित मिति : २०८२ फाल्गुन १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस