जुम्ला । जयरत्न कर्णाली बोर्डिङ स्कुल जुम्लामा विद्यालय स्तरीय च्याम्पियन कप प्रतियोगिता सुरु भएको छ । खेल प्रति बालबालिकाको आकर्षण बढाउने लक्ष्यले बुधबारदेखि विधालय स्तरीय च्याम्पियन कप सुरु भएको छ ।
विश्वकिर्तिमानी धावक हरि बहादुर रोकायाले प्रतियोगिताको उद्घाटन गरे । बुधबारदेखि संचालन भएको प्रतियोगिता पाँच दिन सम्म संचालन हुने छ ।
प्रतियोगितामा विधालयका चार वटा सदनका खेलाडीको सहभागिता रहने छ । विभिन्न विधाका खेलमा सदनात्मक रुपमा प्रतियोगिता गराईने छ ।
उद्घाटन कार्यक्रममा बोल्दै धावक हरि बहादुर रोकायाले निजी विद्यालय स्तरबाट खेलकुद प्रर्बदनका लागि सुरु भएको प्रतियोगिताको प्रसंशा गरे । विद्यालयस्तरका यस्ता प्रतियोगिताले विद्यार्थीमा खेलप्रति रुचि बढ्ने विश्वास व्यक्त गरे ।
खेलकै माध्यमबाट आफु स्थापित भएको अनुभव सुनाउँदै रोकायले आगामी दिनमा पनि यस्ता रचनात्मक क्रियाकलापलाई निरन्तरता दिन सुझाव दिए ।
प्रतियोगितामा दौड, हाई जम्प, सटपुट, नृत्य, सोलो साइकल रेस र क्रिकेट लगायतका विधा समावेश गरिएको विद्यालयका प्रिन्सिपल अमरनाथ योगीले जानकारी दिए । विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउने उद्देश्यले च्याम्पियन कप आयोजना गरिएको उनको भनाइ छ । कक्षा १ देखि ८ सम्म अध्ययनरत चारवटा सदनका विद्यार्थीहरू प्रतियोगितामा सहभागी भएका छन् ।



