ज्ञानेन्द्र शाहीको मत निरन्तर अग्रह स्थानमा

जुम्ला – राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाहीले निरन्तर अग्रह स्थान हासिल गर्दै आएका छन् । कनकासुन्दरी गाउँपालिकामा पाँच हजार ६२ मत गणना हुँदा उम्मेदवार शाहीले दुई हजार ६९१ मत प्राप्त गरेका थिए । अहिले सिंजा गाउँपालिका – १ र २ नम्बर वडामा एक हजार ३५९ मत गणना गर्दा ६८५ मत प्राप्त गर्दा उनको मत तीन हजार ३७६ पुगेको छ ।
शाही एक हजार ८२७ मतले अगाडि छन् ।


यस्तै, नेकपाका उम्मेदवार नरेश भण्डारीले एक हजार ५४९ मत ल्याउँदै दोस्रो स्थान प्राप्त गरेका छन् । कांग्रेस उम्मेदवार दीपबहादुर शाहीले ७७८ मत प्राप्त गरेका छन् । अन्य प्रतिस्पर्धीहरूमा शान्तिलाल महतले ३६२ मत, विनिता कठायतले ४७ मत प्राप्त गरेकी छन् । साथै २२० मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८२ फाल्गुन २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस