जुम्ला – राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाहीलाई आफ्नै गाउँमा भारी मत प्राप्त भएको छ । सिंजा गाउँपालिका – ३ पिंगी आफ्नै जन्म गाउँबाट एक छापे मत प्राप्त भएको हो । सोही गाउँपालिकाको ३ र ४ नम्बरको एक हजार ५६२ मत गणना गर्दा उम्मेदवार शाहीलाई ९९१ मत प्राप्त भएको छ । ७ हजार ९८३ मत गणना गर्दा उनको कुल मत ४३६७ पुगेको छ ।
शाही दुई हजार ५३० मतले अगाडि छन् ।
यस्तै, नेकपाका उम्मेदवार नरेश भण्डारीले एक हजार ८३७ मत ल्याउँदै दोस्रो स्थान प्राप्त गरेका छन् । कांग्रेस उम्मेदवार दीपबहादुर शाहीले ९२९ मत प्राप्त गरेका छन् । अन्य प्रतिस्पर्धीहरूमा शान्तिलाल महतले ४२० मत, विनिता कठायतले ५८ मत प्राप्त गरेकी छन् । साथै २५६ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । मादलको ६५, आँखाको ६८, गुलाफ फुल १२, कमल फुलको ६ मत प्राप्त भएको छ ।
प्रकाशित मिति : २०८२ फाल्गुन २३ गते शुक्रवार



