जुम्लामा ज्ञानेन्द्र शाहीको जित सुनिश्चित

जुम्ला – जुम्लाका राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाहीको जित सुनिश्चित भएको छ । २ हजार १२४ मत गणना गर्न बाकी रहदा पनि उनले १४ हजार ६५ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धोन्दी नेकपाका नरेश भण्डारीले ११ हजार १२३ मत प्राप्त गरेका छन् । उनको मतान्तर २ हजार ९४३ मत रहेको छ ।


पातारासी गाउँपालिकाको ५, ६ र ७ नम्बर वडाको २ हजार १२४ मत गणना गर्न बाँकी रहेको छ । गणना गर्न बाँकी रहेको मत भन्दा उनको मतान्तर बढी रहेकोले जित सुनिश्चित भएको हो । पातारासीका ७ वडाको ५ हजार ५९८ खसेको मत ३ हजार ४२४ मत गणना भईसको मुख्य निर्वाचित अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।

प्रकाशित मिति : २०८२ फाल्गुन २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस