जुम्ला—पश्चिम नेपालकै स्वास्थ्य क्षेत्रको भरोसा केन्द्रका रुपमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एक्स—रे मेसिन सञ्चालनमा आएको छ । मर्मतपछि प्रतिष्ठानको एक्स– रे मेसिन सञ्चालनमा आएको हो ।
भौगोलिक रुपमा विकट जुम्लासहित कर्णालीका विभिन्न जिल्लाबाट दैनिक चोटपटक लाग्ने, लड्ने र हड्डीका बिरामी प्रतिष्ठानको शिक्षण अस्पतालमा बढी आउने गर्छन् । प्रतिष्ठानको एक्स—रे मेसिन १९ फागुन रातिदेखि बिग्रेको थियो । एक्स—रे मेसिन मर्मतपछि सञ्चालनमा सेवाग्राहीलाई सहज हुने अपेक्षा गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ ।
प्रकाशित मिति : २०८२ फाल्गुन २८ गते बिहिवार



