जुम्ला । जुम्लाबाट हेलिकप्टरमा उद्वार गरिएकी सुत्केरीको मृत्यु भएको छ । तिला गाउँपालिका वडा नं ३ की १८ वर्षिया सुत्केरी अस्मिता नेपालीको उपचारको क्रममा मृत्यु भएको हो ।
उनलाई विहिबार जुम्लाबाट नेपाली सेनाको हेलिकप्टरबाट उद्वार गरिएको थियो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरी भएकी नेपालीलाई स्वास्थ्य अबस्था जटिल भएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्वार गरि लगिएको थियो ।
थप उपचारका लागि सुर्खेत अस्पतालमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको कर्णाली प्रदेश अस्पताल सुर्खेतले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८२ फाल्गुन २९ गते शुक्रवार



