जुम्ला । सुर्खेतकी १६ वर्षिया बालिका इनिसा विकको बलात्कार पछि भएको हत्या घटनाको निस्पक्ष अनुसन्धान गर्न नेपाल पत्रकार महासंघ जुम्लाले ध्यानकर्षण बुझाएको छ ।
सोमबार नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्ण प्रसाद चौलागाँईको नेतृत्वमा गएको टोली निमित्त प्रमुख जिल्ला अधिकारी मिन बहादुर रावललाई ईनिसा हत्या प्रकरणको सत्य,तथ्य र निस्पक्ष अनुसन्धान तथा दोषीलाई कानुनी कारबाहीको माग गर्दै ध्यानकर्षण पत्र बुझाईएको छ ।
अध्यक्ष चौलागाँईले पछिल्लो समयमा महिलाहरुलाई निर्वाध रुपमा हिडडुल गर्ने वाताबरण समेत नभएकाले बलात्कार र हत्या घटनाका दोषीलाई कडा कारबाहि हुनु पर्ने बताए ।
ध्यानकर्षण पत्र बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी मिन बहादुर रावलले ध्यानकर्षण पत्र प्रदेश प्रहरीदेखि गृह मन्त्रालयमा पठाउने बताए ।
गत फागुन २३ गते शनिवारका दिन इनिसाको बलात्कारपछि हत्या भएको हो ।अहिले सम्म परिवारले शव बुझेका छैनन् । भने अधिकारकर्मीहरुले इनिसाको न्यायका लागि आन्दोलन गरिरहेका छन् ।
ध्यानकर्षण पत्र यस्तो छ:




