चैत ९ गते नेपाल एयरलाईन्सले जुम्लामा दुई वटा उडान गर्ने सहमति, खुल्यो ताला

जुम्ला । नेपाल एयरलाईन्सले जुम्लामा भोली दुई वटा उडान गर्ने सहमतिपछि नेपाल वायू सेना निगमको कार्यालय जुम्लामा लगाइएको ताला खोल्ने निर्णय भएको छ । दुई हप्तादेखी नियमित उडान नगरेको र आईतबारको उडान अन्तिम समयमा रद्द गरेपछि आक्रोसित भएका यात्रुले एनएको जुम्ला कार्यालयमा ताला लगाएका थिए ।

जिल्ला प्रशासन कार्यालयमा नेपाल पत्रकार महासंघको अगुवाईमा नेपाल एयरलाईन्स लगायत सिता,समिट र तारा एयरको नियमित उडानको माग गर्दै ध्यानर्कषण पत्र बुझाइएको थियो । त्यसपश्चात भएको छलफलमा आईतबारको उडान विभित कारणबस रद्द भएको र सोमबार रद्द भएको उडान सहित सोही दिनको नियमित उडान गरी दुई वटा उडान जुम्ला गर्ने प्रतिबद्धता पछि ताला खोल्ने निर्णय भएको निमित्त प्रमुख जिल्ला अधिकारी मिन बहादुर रावलले बताए ।

उनका अनुसार जुम्लामा नियमित उडान गर्न नेपाल एयरलाईन्स लगायत नीजि विमान कम्पन्नीलाई प्रशासनले ध्यानर्कषण पत्र लेखी पठाइएको छ । नेपाल एयरलाईन्सका महानिर्देशक अमृतमान श्रेष्ठलेनै जुम्लामा सोमबार दुई वटा उडान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

निमित्त प्रजिअ रावल र यूवा अनुप थापासंग फोन संवाद गर्दै चैत ९ गते १० बजेदेखी ११ बजेसम्म पहिलो उडान र त्यसपछि दिउँसो दोस्रो उडान गर्न नेपालगन्ज स्टेशनलाई निर्देशन समेत दिइसकेको बताएका थिए । नियमित उडानको पहल गर्ने र सोमबार दुई वटा उडान हुने सहमति सहितको निर्णयपछि कार्यालयमा लगाइएको ताला खोलिएको नेपाल एयरलाईन्सका जुम्ला स्टेशन ईन्चार्ज उकान्त न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ चैत्र ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस