सुधारको बाटोमा तातोपानीका सामुदायिक विद्यालय

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाका सामुदायिक विद्यालय सुधार हुदैँ गएका छन् । विगतको तुलनामा तातोपानीका सामुदायिक विद्यालको शैक्षिक, भौतिक तथा प्रशासनिक अबस्था सुधार हुदैँ गएको हो ।

तातोपानी गाउँपालिकाको समन्वय तथा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सहयात्रा तेस्रो परियोजना संचालन भएपछि पालिकाका सामुदायिक विद्यालयहरु सुधार हुदै गएका हुन् ।

तातोपानीको अध्यक्षमा नन्द प्रसाद चौलागाँई निर्वाचित भएर आएपछि शिक्षा क्षेत्रमा सुधार गर्ने पहिलो लक्ष्य राखेका थिए । पालिकाको सिमित स्रोत साधनका कारण शिक्षा क्षेत्रको सुधार सम्भव थिएन् । अध्यक्ष चौलागाईको निरन्तर पहलपछि सहयात्रा तेस्रो परियोजना संचालन भएयता पालिकामा शैक्षिक सुधारका गतिविधि निरन्तर अघि बढेका छन् ।

परियोजना र गाउँपालिकाले सयुंक्त रुपमा पालिकाका २९ वटै सामुदायिक विद्यालयको सुधारका लागि काम गर्दै आएका छन् । यसैबीच मंगलबार सहयात्रा तेस्रो परियोजनाको आयोजनामा विद्यालय नेतृत्व तथा व्यवस्थापन सम्बन्धी ३ दिने पुर्नताजकी तालिम सम्पन्न भएको छ ।

पालिकाका २९ वटै विद्यालयका विव्यस अध्यक्षहरु बीच हाल सम्म भएका उल्लेखीय कामको समिक्षा, विद्यालय सुधारका लागि गर्न सकिने प्रयास लगायतका विषयमा तीन दिन गहन छलफल गरिएको छ ।

तालिमको समापनमा बोल्दै तातोपानी गाउँपालिका अध्यक्ष तातोपानीका अध्यक्ष नन्द प्रसाद चौलागाँईले पालिकाले नमुनाका रुपमा अर्गानिक दिवा खाजालाई व्यपस्थित गर्दै लिएको बताए ।

‘शिक्षा क्षेत्र सुधार गर्ने पालिकाको लक्ष्यमा सहयात्रा तेस्रो परियोजनाले पूलको काम गरेको छ,’उनले भने, विगतमा बालबालिका भुईमा बस्थे, अहिले डेक्स बेन्च र कार्पेन्टमा बस्छन् । अर्गानिक दिवा खाजा व्यवस्थित हुदैँ छ । शिक्षक देखी विव्यसले तालिम पाईरहेका छन् । तुलनात्मक रुपमा विद्यालयहरु सुधार हुदै गएपनि अपेक्षि नतिजा अझै आएको छैन् ।’

विव्यस अध्यक्ष सक्रिय नभई विद्यालय सुधार हुदैन् । तालिममा सिकेका कुरा संगै व्यवहारमा लागु गर्न समेत अपिल गरे । अध्यक्ष चौलागाँईले थपे,‘आफू दुर्गा माविको दुई कार्यकाल अध्यक्ष हुँदा, त्यतिबेला स्रोत थिएन् । तर मैले १६ लाख जम्मा गरेर निस्कीएको थिए । विव्यस अध्यक्ष भएर राम्रो काम गरेपछि राजनीतिक करिअर पनि बन्छ । यदपी राम्रो नगरेपछि सबै कुरा सकिन्छ । म पालिका अध्यक्ष जित्नुमा विव्यस अध्यक्ष हुँदाका राम्रा काम पनि मुख्य कारण हुन् । त्यसैले तपाईहरु पनि सामुदायिक विद्यालयमा सकेजति राम्रो काम गर्नुहोस् । बालबालिकाको पहुँच बृद्वि गर्नुहोस् ।’

तातोपानी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर चन्दले विद्यालय सुधारका लागि विव्यस अध्यक्ष बढी जिम्मेवार हुनु पर्ने उल्लेख गरे । शैक्षिक गुणस्तर माथि उकास्न नीति निर्माण पुर्वाधार विकास, समन्वय सहकार्यमा ध्यान दिन जरूरी छ । उनले भने,‘समुदायिक विद्यालयमा शिक्षक टिकाउने ठोस् योजना छैन् । विव्यस अध्यक्षलाई शिक्षकले टेर्दैनन् । पठनसिप विकास,सिकाई बृद्वीमा सुधार ल्याउन साझा पहल जरुरी छ ।’

नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्ण प्रसाद चौलागाँईले व्यवस्थापनको पाटो मजबुद नभएसम्म विदालय सुधार गर्न सम्भव नभएको बताए । पालिकाको शैक्षिक स्तर माथि उकास्न सहयात्रा तेस्रो परियोजनाले उल्ल्ेखीय काम गरेको उल्लेख गरे ।

सहयात्रा तेस्रो परियोजनाका संयोजक राम बादु रावतले तीन दिनको कार्यक्रममा सिकाई आदान प्रदान तथा विव्यसले गर्नु पर्ने कामका विषयमा छलफल गरिएको बताए । उनका अनुसार अब विद्यालय सुधारका लागि शिक्षकको नियममितता, पारदर्शिता, सुशासनको पक्ष बढी ध्यान दिनु पर्नेमा जोड दिए ।

सहभागीका तर्फबाट बोल्दै दुर्गा मावि लाम्रा अध्यक्ष आदी प्रसाद न्यौपानेले सामुदायिक विद्यालयहरु स्रोत अभावका बीच सुधारको बाटोमा रहेकाले परियोजना र पालिकाले थप सहयोग गर्न अनुरोध गरे । साथै तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्न सबै प्रतिबद्ध रहेकामा जोड दिए ।

प्रकाशित मिति : २०८२ चैत्र १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस