एसईईमा जुम्लाका साढे २२ सय विधार्थी सहभागी हुदैँ, परिक्षा मर्यादित बनाउन जोड

जुम्ला । जुम्लामा माध्यमिक शिक्षा परिक्षा (एसईई) मा जुम्लाका साढे २२ विधार्थी सहभागी हुने भएका छन् । आगामी चैत १९ गतेबाट सुरु हुने एसईई परिक्षा-२०८२ का लागि जुम्लाका २२ सय ५५ जना विधार्थी परिक्षामा सहभागि हुने भएका छन् । 

एसईई परिक्षाका लागि जुम्लाका १४ वटा परिक्षा केन्द्र तोकिएको छ । जहाँ जिल्लाका ५२ वटा माध्यमिक विधालयका विधार्थीले परिक्षा दिदै छन् । 

१४ वटा परिक्षा केन्द्रमा खटिने केद्राध्यक्षलाई सोमवार अभिमुखीकरण कार्यक्रम गरिएको छ । प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको सभाध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायको प्रमुख आतिथ्यतामा केन्द्राध्यक्षहरुलाई एसईई परिक्षा संचालनबारे अभिमुखीकरण गराईएको शिक्षा विकास तथा समन्वय ईकाई जुम्लाका प्रमुख रछाने लोहारले बताए । उनका अनुसार जुम्लाबाट कुल २२ सय ५५ विधार्थी परिक्षामा सामेल हुदैँछन् ।

जसमा नियमित तर्फ २१ सय ३३, नियमित साधारण तर्फ २ हजार १४ जना, प्राविधिक धारका ११९ जना, ग्रेड बृद्विका लागि १२२ गरि कुल २२ सय ५५ विधार्थी परिक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय ईकाई जुम्लाका प्रमुख लोहारले जानकारी दिए  । परिक्षा चैत १९ गतेबाट संचालन भई चैत २९ मा सम्पन्न हुने छ । 

´एसईई परिक्षालाइ मर्यादित बनाउनका लागि केद्राध्यक्षलाई अभिमुखीकरण गराईएको हो,`उनले भने,´विगतका परिक्षा केकस्ता भए,त्यो समिक्षाको विषय होला । तर अब हुने परिक्षा निकै मर्यादित हुन पर्छ भन्ने हो । देशमा जसरी सुशासनको अभियान चलेको छ । त्यसरीनै परिक्षामा पनि सुशासन कायम गर्नुपर्छ । हाम्रा उत्पादित जनशक्ति बजारमा बिक्ने टिक्ने बनाउन शिक्षामै सुधार गर्नु पर्छ ।`

नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्ण प्रसाद चौलागाँईले एसईई परिक्षालाई मर्यादित र निस्पक्ष बनाउन सबै सरोकारवाला हरुले ध्यान दिनु पर्ने बताए । परिक्षा मर्यादित बनाउन खटिने कर्मचारीहरुबाटै अमर्यादित गतिविधि हुने भएकाले सुक्ष्म अनुगन गर्नु पर्नेमा जोड दिए । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी र समन्वय प्रमुखले परिक्षालाई मर्यादित बनाउने कुरामा दुईमत नरहेको बताए । चिट चोराउने प्रबृत्ती जताततै रहेकाले जुम्लामा त्यस्तो कतै भेटिए कडा कारबाही हुने समेत प्रजिअ पौडेलले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २०८२ चैत्र १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस