जुम्ला । जुम्लामा आगामी बैशाख २ गतेबाट आर्थिक गणना सुरु हुने भएको छ । हरेक पाँच वर्षमा गरिने आर्थिक गणना पहिलो पटक २०७५ मा भएको थियो । २०८० मा हुनु पर्ने दोस्रो राष्ट्यि आर्थिक गणना विभित कारणले हुन सकेन् ।
सात वर्षपछि बैशाख २ देखि असार ७ गतेसम्म संचालित हुने दोस्रो राष्ट्यि आर्थिक गणना–२०८२ लाई तथ्य परक बनाउन जुम्लाको आर्थिक गणना कार्यालयले सक्रियता बढाएको छ ।
जिल्ला आर्थिक गणना कार्यालय जुम्लाका प्रमुख दीपेन्द्रसिंह धामीले आर्थिक गणनालाई सफल बनाउन र सहि तथ्यांक संकलन गर्न सरोकारवाला संगको समन्वय सहकार्य, प्रचार प्रशार तथा अन्य गतिविधिलाई समेत तिब्रता दिएका छन् ।
आर्थिक गणना सफल बनाउन हाल सम्म ४÷५ चरणमा सरोकारवाला संग छलफल समेत गरिसकेको प्रमुख धामीले बताए । उनका अनुसार मंगलबार आर्थिक गणना केन्द्रित सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले २०७५ को रिपोर्टले दर्तानै नगरी ५२ प्रतिशत व्यापार व्यवसाय र प्रतिष्ठान संचालन भईरहेको कुराले राज्यलाई घाटा भईरहेको बताए । अब हुने गणना कडाईका साथ संचालन हुनु पर्नेमा जोड दिए ।
गलत सूचनाका कारण गणनासंगै देशको आर्थिक सर्वेक्षणनै प्रभावित हुने भएकाले गाउँमा आउने गणकलाई सत्य सूचना दिन आग्रह गरे । भने आर्थिक गणना देशको आर्थिक विकासको मेरुदण्ड भएकाले गलत तथ्यांक नदिन र टोलटोलमा पुगेर गणना गर्न समेत अनुरोध गरे ।
जिल्ला आर्थिक गणना समितिका प्रमुख तथा प्रजिअ दीपक पौडेलले आर्थिक गणनालाई बस्तु निष्ट र तथ्य परक बनाउन सबैले सही तथ्यांक दिएर सहयोग गर्न अनुरोध गरे । पहिलो आर्थिक गणना होस वा जनगणना होस् प्राय तथ्यांक गलत आउने गरेकाले यस वर्ष आर्थिक गणना तथ्यपरक बनाउन सबै सक्रिय हुनु पर्नेमा जोड दिए ।
उनले भने,‘आर्थिक गणना देशको आर्थिक मार्गचित्र हो । यसले जिल्लाको आर्थिक प्रतिष्ठान, व्यापार व्यवसाय संचालन, दर्ता प्रक्रिया लगायतका विषयमा तथ्य थाहा हुन्छ । त्यसैले सही तथ्यांक निकै आबश्यकता छ ।’
पहिलो आर्थिक गणना २०७५ अनुसार जुम्लाम ३ हजार ७८ वटा आर्थिक प्रतिष्ठान रहेका छन् । जसमा व्यापार तर्फ १५ सय ६९, सेवा मुलक होटल व्यवसाय १२ सय ४६ र उधोग २६३ रहेका छन् । अधिकांश प्रतिष्ठान दर्ता बिनै चलेका छन् ।
आर्थिक प्रतिष्ठानहरूको आधारभूत विवरण सङ्कलन, प्रशोधन, विश्लेषण र प्रकाशन गर्न, आर्थिक क्षेत्रका सर्वेक्षणहरूका लागि नमूना छनौट फ्रेम निर्माण गर्न,नीति निर्माण, योजना तर्जुमा र लक्ष्य तथा प्रगतिको मापन गर्न, तथ्याङ्कीय व्यवसायिक रजिष्टर निर्माणको लागि आधार निर्माण गर्न,कुल गार्हस्थ उत्पादन तथा राष्ट्रिय लेखाका अनुमानको लागि तथ्याङ्क उत्पादन एकिन गर्न र औपचारिक अर्थतन्त्रका प्रमुख आर्थिक सूचक तयारी गर्ने



