ग्लोबल बैंकको आयोजना स्वास्थ्य शिखिर, १२०  जना लाभान्वित 

जुम्ला । ग्लोबल आईएमई बैंकद्वारा आयोजित स्वास्थ्य शिविरबाट १०५ जना नागरिक लाभान्वित भएका छन् । चन्दननाथ नगरपालिका वडा नं ६ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा संचालित स्वास्थ्य शिविरबाट विभिन्न समस्या भएका १०५ जनाले सेवा लिएका छन् ।

कुल स्वास्थ्य जाँच गरिएका १२० जना मध्य १५ जना पुरुष र १०५ जना महिलाको स्वास्थ्यजाँच गरिएको ग्लोबल बैंकमा प्रबन्धक दिपेन्द्रराज जोशीले बताए । उनका पाठेघर खसेको ५ जना,भिआईए पोजेटिभ ३ को देखिएको छ ।

ग्लोबल आईएमई बैंकको आयोजना, नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोग, चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा र आधारभूत स्वास्थ्य केन्द्र छिनाको सहकार्यमा नि:शुल्क महिला स्वास्थ्य तथा स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना गरिएको थियो ।

यस्ता कार्यक्रमबाट सामान्य नागरिक लाभान्वित हुने, घरमैउपचार तथा स्वास्थ्य जाँच गर्न पाउने भएकाले निरन्तरता दिन स्थानीय नागरिकको माग छ।

प्रकाशित मिति : २०८३ बैशाख ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस