रारा ट्रेल रनमा तेस्रो भएका धावक बढुवाललाई सम्मान


मुगु । रारा ट्रेल रन–२०८३ दौड प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल मुगुका खेलाडी अक्कल बढुवाल सम्मानित हुनु भएको छ। छायाँनाथ रारा नगरपालिका वडा नं. १४ निवासी बढुवाल लाई अक्कल कोपिला फाउन्डेसनका संस्थापक अक्कल बोहराले  नगद पैसा गेम ड्रेस सहित सम्मान-पत्र ले  सम्मान गर्नुभएको हो।

प्रतियोगितामा उत्कृष्ट तेस्रो स्थान हासिल गर्दै जिल्ला र राष्ट्रकै गौरव बढाएको भन्दै उहाँलाई फाउन्डेसन र जिल्ला खेलकुद विकास समिति मुगुको तर्फबाट संयुक्त रूपमा बधाई तथा शुभकामना व्यक्त गरिएको छ। त्यस्तै खेलाडी अक्कल

बढुवाल आफू सम्मानित हुँदा निकै नै हर्षित सहत जिल्ला र राष्ट्रको नाम चिनाउन निरन्तर लागिरहने बताउए 

खेलाडी बढुवालले देखाएको मेहनत, अनुशासन, साहस र खेलप्रतिको समर्पणले समाज तथा युवा पुस्तालाई खेल क्षेत्रमा लाग्न ठूलो प्रेरणा प्रदान गरेको सम्मान-पत्रमा उल्लेख छ।

सम्मान-पत्रमा जिल्ला खेलकुद विकास समिति मुगुका कार्यालय प्रमुख जिल्ला सिंह भामको हस्ताक्षर रहेको छ। सम्मान कार्यक्रममा बोल्दै जिल्ला ब्याटमिन्टन अध्यक्ष दल रावत आगामी दिनमा पनि बढुवालबाट यस्तै जिम्मेवार, अनुकरणीय र समर्पित खेल यात्राको निरन्तरता रहने अपेक्षा राखेका छन्।

प्रकाशित मिति : २०८३ जेष्ठ ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस