जुम्ला । माल्दिप्समा आयोजित साफ च्याम्पियनसिप यू-२० प्रतियोगिताका क्याप्टेन धर्मेन्द्र कुँवर लाई तातोपानी गाउँपालिकाले सम्मान गरेको छ । तातोपानी-७ का स्थानीय धर्मेन्द्र कुँवरले खेलकुदका माध्यमबाट राष्टि्य तथा अन्तराष्टि्य क्षेत्रमा जुम्ला चिनाउन योगदान दिएको भन्दै गाउँपालिकाले बुधवार एक कार्यक्रम गरी सम्मान गरेको हो ।
नगद १० हजार सहित ढाका टोपी र सम्मान पत्र सहित सम्मान गरिएको तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले बताए । जुम्लाको माटोमा जन्मिएर राष्टि्य तथा अन्तराष्टि्य जगतमा उत्कृष्ट खेल प्रर्दशन गरी समग्र जुम्लाको पहिचान कायम राखेकोले हौसला स्वरुप सम्मान गरिएको अध्यक्ष चौलागाँईले जानकारी दिए ।
गाउँपालिकाको शिक्षा शाखाको प्रतिभा सम्मान कार्यक्रम अन्तर्गत खेलाडी कुँवरलाई नगद १० हजार सहित सम्मान गरिएको हो । धर्मेन्द्रले लामो समयदेखी ए डिभिजन क्लब जाउला खेलबाट राष्टि्य स्तरका विभिन्न प्रतियोगिताम खेल्द आएका छन् ।

केहि दिन अघि सुर्खेतमा आयोजित प्रथम मेयर कपमा समेत उत्कृष्ट खेल प्रर्दशन गरेका थिए । पालिकाले गरेको सम्मानले आफूलाई हौसला र प्रेरणा मिलेको खेलाडि कुँवरले बताए ।



