जुम्लाका १२ सहित कर्णालीका १३२ औषधि पसल खारेज

जुम्ला – कर्णालीका एक सय ३२ औषधि पसलको दर्ता खारेज गरिएकोे छ । औषधि व्यवस्था विभागले कर्णालीका १० जिल्लाका एक सय ३२ औषधि पसलको दर्ता खारेज गरिएको हो । विभागले देशभरका पाँच हजार ३०२ वटा औषधि पसलहरूको दर्ता रद्ध गर्दा कर्णालीका १३२ दर्ता खारेज गरेको छ ।


औषधि ऐन, २०३५ को दफा ११ मा भएको संशोधित व्यवस्थाअनुसार तोकिएको अवधिभित्र नवीकरण नगरिएका औषधि पसलको दर्ता प्रमाणपत्र स्वतः रद्द भएको औषधि व्यवस्था विभागले जनाएको छ ।


विभागका अनुसार दर्ता खारेज हुनेमा दैलेखका १९, सल्यानका १८, जाजरकोटका १२, जुम्लाका १२, कालिकोटका सात, सुर्खेतका ४८, मुगुका ६, डोल्पाका ४, हुम्लाका ३ र रुकुमपश्चिमका ३ वटा औषधि पसल रहेका छन् ।

प्रकाशित मिति : २०८३ असार ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस