जुम्ला । जुम्लामा चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ । भने एकजना घाईते भएका छन् । विहिबार साँझ हिमा गाउँपालिका वडा नं २ स्थित छोटा खर्क पाटनमा एनसिएलको टावर नजिकै चट्याङ पर्दा भेडा गोठाला गएका सोही वडा बस्नेअन्दाजी वर्ष १८ का रबिन्द्र रावतको मृत्यु भएको छ ।
सोही वडामा बस्ने २० वर्षिया बल बहादुर रोकाया र ३५ वर्षिया जगत रोकाया घाईते भएको अवस्था सामान्य रहेको छ ।
भेडा बाख्रा समेत मृत्यु भएको र के कति संख्यामा मृत्यु भएको भनी नखुलेको स्थानिय रंग बहादुर रोकायाले बताए ।
प्रहरीका अनुसार प्रहरी चौकी बड्की जुम्लामा जानकारी गराउन साथ प्रहरी चौकी वड्की जुम्लाबाट प्रहरी टोली परिचालन भएको थियो ।
प्रकाशित मिति : २०८३ असार १७ गते बुधवार




