जुम्ला । कर्णाली राजमार्गअन्तर्गत दैलेखको साँगेतडा क्षेत्रमा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको फोर्स गाडी कर्णाली नदीमा खसेको छ।
कर्णाली प्रदेश ०२-००१ ख १०५५ नम्बरको फोर्स गाडी दुर्घटना परेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
घटनापछि प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ। दुर्घटनाको कारण, गाडीमा सवार यात्रुको संख्या तथा मानवीय क्षतिबारे हालसम्म आधिकारिक विवरण सार्वजनिक भएको छैन।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार प्रहरी टोली घटनास्थलमा गएको जानकारी प्राप्त भएको छ । दैलेखका डिएसपीका अनुसार सुरक्षा टोलीले फोर्स गाडीको खोज तलास गरिरहेको छ । यदपी हाल सम्म भेटिएको छैन् ।
प्रकाशित मिति : २०८३ असार १८ गते बिहिवार




