जुम्ला — भारतमा ब्युटी पार्लरमा काम लगाइदिने प्रलोभन देखाएर एक किशोरीलाई लैजान खोजेको आरोपमा जुम्लाबाट एक महिला पक्राउ परेकी छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार मुगुको खत्याड गाउँपालिका–१ घर भई हाल चन्दननाथ नगरपालिका–५ कालेखोली बस्दै आएकी १९ वर्षीया सुनिता तिवारीलाई मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा पक्राउ गरिएको हो।
प्रहरीका अनुसार उनले १४ वर्षीया किशोरीलाई भारतमा घुम्न लैजाने र ब्युटी पार्लरमा रोजगारी दिलाइदिने भन्दै विभिन्न प्रलोभन देखाएर भारततर्फ लैजान खोजेकी थिइन्।
घटनापछि पक्राउ परेकी तिवारीविरुद्ध जिल्ला अदालत जुम्लाबाट पाँच दिनको म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८३ असार २८ गते आइतवार




