जुम्लामा १२ ग्रामभन्दा बढी चरेससहित एक जना पक्राउ

जुम्ला प्रहरीले लागूऔषध (चरेस) सम्बन्धी कसुरमा एक जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार मिति २०८३ साल असार २८ गते दिउँसो करिब ३:०० बजे गुठीचौर गाउँपालिका–५ देपालगाउँ निवासी ५३ वर्षीय डुल्ली नेपालीले सञ्चालन गरेको किराना पसलमा चरेस कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले खानतलासी गरेको थियो।


खानतलासीका क्रममा पसलभित्र रहेको काउन्टरको दराजमा लुकाइराखिएको कालो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। परीक्षण गर्दा उक्त पदार्थ शुद्ध तौल १२.०७० ग्राम चरेस रहेको पुष्टि भएको छ।


बरामद गरिएको चरेससहित एक जनालाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय

प्रकाशित मिति : २०८३ असार २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस